२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छः शशांक कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरुसँग अहिले वार्ता भइरहेको र के निर्णय हुन्छ भन्नेबारेमा पर्खिनुपर्ने बताउनु भयो । उहाँले शिक्षकका माग पूरा हुनुपर्नेमा काँग्रेस सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुसँग वार्ता भइरहेको छ । के निर्णय हुन्छ मलाई थाहा छैन । वार्ता भइरहेको छ । यो अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुनुपर्छ । हामी पोजिटिभ दृष्टिकोण राख्छौँ ।’

गत वर्षको चैत्र २५ गतेदेखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।