५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसद बस्नेतको आरोप– सरकारको सम्पूर्ण तागत कुर्सी टिकाउनमै सिमित



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू नरहेको आरोप लगाउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा सरकारले सम्पूर्ण तागत खर्च गरिरहेको बताउनु भयो । उहाँले शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै उहाँले सरकारले माग सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । सांसद बस्नेतले विद्यमान कानुनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्न र समस्या समाधानको तदारुकता आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूलाई विधेयक छिटै संसद्मा पेश हुन्छ भन्ने विश्वास दिलाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू छैनन् भन्ने स्पष्ट भइसकेको छ । राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा नै सरकारले सम्पूर्ण तागत लगाइरहेको छ भन्ने यहाँ स्पष्ट भइसकेको छ । शिक्षकहरू २६ दिन देखि सडक आन्दोलनमा छन् । सरकारले वार्ताको कुरा गर्छ र आन्दोलन फिर्ता लिन एकोहोरो रटान लिइरहेको छ । विद्यमान कानूनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्ने, समस्या समाधानको तदारुकता देखाउने र विधेयक छिटै संसद्मा पेस हुनेछ भन्ने विश्वासिलो वातावरण बनाउनको निम्ति सरकारले थप पहल गरोस् म आग्रह गर्न चाहन्छु ।”

उहाँले कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको दसौँ राष्ट्रिय खेलकुदको मिति परिवर्तनको सिलसिला नरोकिएको भन्दै यसले खेल क्षेत्रलाई स्तब्ध बनाएको बताउनु भयो ।




भर्खरै