१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसद बस्नेतको आरोप– सरकारको सम्पूर्ण तागत कुर्सी टिकाउनमै सिमित



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू नरहेको आरोप लगाउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा सरकारले सम्पूर्ण तागत खर्च गरिरहेको बताउनु भयो । उहाँले शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै उहाँले सरकारले माग सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो । सांसद बस्नेतले विद्यमान कानुनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्न र समस्या समाधानको तदारुकता आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूलाई विधेयक छिटै संसद्मा पेश हुन्छ भन्ने विश्वास दिलाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू छैनन् भन्ने स्पष्ट भइसकेको छ । राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा नै सरकारले सम्पूर्ण तागत लगाइरहेको छ भन्ने यहाँ स्पष्ट भइसकेको छ । शिक्षकहरू २६ दिन देखि सडक आन्दोलनमा छन् । सरकारले वार्ताको कुरा गर्छ र आन्दोलन फिर्ता लिन एकोहोरो रटान लिइरहेको छ । विद्यमान कानूनभित्र समाधान गर्न सकिने विषयहरूमा पहल गर्ने, समस्या समाधानको तदारुकता देखाउने र विधेयक छिटै संसद्मा पेस हुनेछ भन्ने विश्वासिलो वातावरण बनाउनको निम्ति सरकारले थप पहल गरोस् म आग्रह गर्न चाहन्छु ।”

उहाँले कर्णाली प्रदेशमा आयोजना गर्ने भनिएको दसौँ राष्ट्रिय खेलकुदको मिति परिवर्तनको सिलसिला नरोकिएको भन्दै यसले खेल क्षेत्रलाई स्तब्ध बनाएको बताउनु भयो ।