३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीसँगको झडपपछि शिक्षक महासंघले बेलायो आकस्मिक बैठक



अ+ अ-

काठमाडौँ । आन्दोलनको क्रममा प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।

आईतबार नयाँ बानेश्वरमा आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो ।

दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बस्ने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने उनले बताए ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ जान खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षकहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोरा हानेको थियो । जवाफमा शिक्षकहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।