३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सातौँ हप्तामा ४० शो कायम राखेको ‘अञ्जिला’ भोजपुरमा पनि प्रदर्शन, ५१ दिने सेलिब्रेसनको तयारी

सातौँ हप्तामा ४० शो कायम राखेको ‘अञ्जिला’ भोजपुरमा पनि प्रदर्शन, ५१ दिने सेलिब्रेसनको तयारी
अ+ अ-

भोजपुर – नेपाली चलचित्र उद्योगमा सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा लिएर आएको चलचित्र ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ । नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा चलचित्र ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए ।

यस विशेष शोमा चलचित्रका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे । उनले भोजपुर, जहाँ पहिले चलचित्र हल थियो तर, विविध कारणले बन्द भयो, यहाँ लगातार शोहरु हुनु गौरवको विषय रहेको बताए । निर्देशक चाम्सले भने, “चलचित्र हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो, र यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको छ ।”

‘आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप’को अवसरमा गरिएको यस विशेष शोबाट उठेको मुनाफा चलचित्रकी मुख्य पात्र एन्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्च गरिने पनि निर्देशकले जानकारी गराए । नगर प्रमुख आलेले चलचित्र ‘अञ्जिला’ जस्तो आशयपूर्ण फिल्म आफ्नो नगरपालिकामा प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता अर्थपूर्ण चलचित्रको प्रदर्शनका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै, उनले राज्यले गर्नुपर्ने काम चलचित्र टिमले गरेको भन्दै एन्जिलाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट रु. ५०,००० नगद सहयोग गर्ने घोषणा पनि गरे । निर्देशक चाम्सले देशभरका स्थानीय सरकारबाट आफुले यस्तै प्रकृतिको सहयोग अपेक्षा गरेको जनाए ।

हाल ‘अञ्जिला’ सातौँ हप्तामा प्रवेश गरिसकेको छ । अहिले पनि काठमाडौं उपत्यकासहित देशभर गरी करिब ४० शोहरू जारी रहेका छन् । चलचित्र युनिटले वैशाख १९ गते चलचित्र प्रदर्शनको ५१ औँ दिन विशेष सेलिब्रेशन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

गत वर्षको अन्त्यतिर फागुन २९ गते प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ ले वर्ष २०८१ को उत्कृष्ट पाँच चलचित्रको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ र वितरकका अनुसार यसको ग्रस व्यापार १० करोड नाघिसकेको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित यो चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिका निर्वाह गरेकी छन् । निर्देशक चाम्सका अनुसार चलचित्रमा प्रस्तुत सङ्घर्ष र सपना हामी सबैको जीवनसँग कतै न कतै मिल्दो भएकाले दर्शकसँग भावनात्मक सम्बन्ध कायम गर्न सफल भएको छ ।

‘अञ्जिला’ मा एन्जिलाका अतिरिक्त प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।