२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी कांग्रेस सांसद माया राई पक्राउ



अ+ अ-

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । सांसद राईलाई आज काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले सांसद राईलाई कपनबाट पक्राउ गरेको हो । राईविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । तर उनी फरार रहँदै आएकी थिइन् ।

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा मुछिएकी थिइन् ।

यसअघि ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । उनी स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन् । त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो । सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन् ।

भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । फरारकै अवस्थामा उनले तलबभत्ता बुझ्दै आएकी थिइन् । फरार रहेकी उनले शुक्रबार संसद पुगेर गोप्य रुपमा हाजिर गरेको विवरण सार्वजनिक भएको थियो ।