१ पुष २०८२, मंगलवार
,
Latest
पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटि एफसीले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

खेलको ४२ औं मिनेटमा इमोह एजेकिएलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मनोज राईको क्रस पासमा उनले हेडिङमार्फत गोल गरे ।६३ औं मिनेटमा सुदिल राईले गोल गर्दै पोखरालाई बराबरीमा ल्याए । स्टेफेन समीर बिलोङले हेडिङ गर्दा आएको रिबाउन्डमा राइले गोल गरेका हुन् ।

७४ औं मिनेटमा पुन: ललितपुरले अग्रता लियो । पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई २-१ ले अघि बढाए । एजेकिएलले उपलब्ध गराएको पासमा उनले बललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भए । त्यसपछि पोखराले गोल गर्ने प्रयास गरेपनि गोल गर्न भने सकेन र ललितपुर विजेता बन्यो ।

विजेता बनेको ललितपुर ले ८० लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता पोखराले ३० लाखमा चित्त बुझायो । एक महिना चलेको तेस्रो संस्करणको एनएसएलमा सात टोलिले सहभागिता जनाएका थिए ।