३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटि एफसीले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा पोखरा थन्डर्सलाई २-१ गोलले हराउँदै ललितपुर लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

खेलको ४२ औं मिनेटमा इमोह एजेकिएलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए । मनोज राईको क्रस पासमा उनले हेडिङमार्फत गोल गरे ।६३ औं मिनेटमा सुदिल राईले गोल गर्दै पोखरालाई बराबरीमा ल्याए । स्टेफेन समीर बिलोङले हेडिङ गर्दा आएको रिबाउन्डमा राइले गोल गरेका हुन् ।

७४ औं मिनेटमा पुन: ललितपुरले अग्रता लियो । पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई २-१ ले अघि बढाए । एजेकिएलले उपलब्ध गराएको पासमा उनले बललाई नियन्त्रणमा लिदै गोल गर्न सफल भए । त्यसपछि पोखराले गोल गर्ने प्रयास गरेपनि गोल गर्न भने सकेन र ललितपुर विजेता बन्यो ।

विजेता बनेको ललितपुर ले ८० लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता पोखराले ३० लाखमा चित्त बुझायो । एक महिना चलेको तेस्रो संस्करणको एनएसएलमा सात टोलिले सहभागिता जनाएका थिए ।