६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने प्रतिबद्धता



फाइल फोटो
अ+ अ-

वीरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लैङ्गिक न्याय प्रवर्द्धन र न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रिय महिला आयोगको आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री कँडेलले न्यायिक समितिका सदस्यहरूका समस्याबारे जानकारी लिँदै प्रदेश सरकार न्यायिक समितिका लागि आवश्यक सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

न्यायिक समितिका प्रतिनिधिहरूले सरकार समक्ष बालविवाह, बहुविवाह, घरेलु हिंसा र ठगीका उजुरीहरूको बढ्दो सङ्ख्या र यससँग सम्बन्धित संरचनागत समस्याबारे जानकारी गराएका थिए । न्यायिक समितिका लागि कानुनी परामर्शदाताको अभाव, बजेटको कमी, समन्वयको समस्या र पीडितलाई तत्काल न्याय नपाउने जस्ता चुनौती प्रमुख रुपमा प्रस्तुत गरिएको थियो ।

मुख्यमन्त्री कँडेलले यस अवस्थालाई गम्भीरतापूर्वक लिएको बताउँदै भन्नुभयो, “तपाईंहरूको कुरा हामीले सुनेका छौँ र कर्णाली प्रदेश सरकार तपाईंहरूका लागि गर्नुपर्ने काम पूरा गर्नेछ ।’’ उहाँले सरकारले आफ्नो क्षमताअनुसार काम गर्ने र सबैको समन्वयले मात्रै न्यायको पहुँचलाई सुदृढ बनाउने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले आगामी बजेटमा सामाजिक न्याय र पीडितमैत्री न्याय प्रणाली सुदृढीकरणका लागि प्राथमिकता दिने बताउनुभयो । उहाँले न्यायको पहुँचलाई गाउँ र सहरसम्म पु¥याउन समन्वय र सहकार्यका माध्यमबाट काम अघि बढाउने योजना सरकारको रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा न्यायिक समितिका सदस्यहरूले सरकारसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन, महिला कानुनी परामर्शदाताको सङ्ख्या बढाउन र न्यायिक सेवा केन्द्रहरूको भौगोलिक पहुँचलाई सुदृढ पार्न आवश्यकता औँल्याएका थिए ।

प्रदेश प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठले प्रहरी समक्ष लैङ्गिक हिंसाका उजुरी धेरै आउने गरेको बताउनुभयो । “बलात्कारका उजुरीहरू सबैभन्दा धेरै छन्”, उहाँले भन्नुभयो, “त्यसपछि बहुविवाह र घरेलु हिंसा प्रमुख छन् । बालविवाहको उजुरी भने समुदायमै मिलाइने भएकाले प्रहरीसम्म पुग्दैन ।

श्रेष्ठका अनुसार पछिल्लो समय लागुऔषधको कारोबार प्रदेशमा तीव्र रुपमा बढेको छ । “आजका अधिकांश अपराधहरूको मूल कारण लागुऔषध हो”, उहाँले भन्नुभयो । रासस