१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध



अ+ अ-

ललितपुर । गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो । 

गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए ।

उनले भने, “दिवङ्गत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी  सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछौं ।” यस वर्ष सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न प्रमुख महर्जनले नगरवासीसमक्ष अपिल गरे ।




भर्खरै