१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्बोच्चको आदेश बिरुद्ध सरकारले दिएको पुनरावलोकन निबेदनमा आज सुनुवाई हुदै



अ+ अ-

काठमाडौं । पत्नी हत्या अभियोगमा जन्मकैद सजाय भोगिरहेका रञ्जन कोईरालालाई कैद सजाय घटाउने सर्बोच्च को आदेश बिरुद्ध सरकारले दिएको पुनरावलोकन निबेदनमा आज सुनुवाई हुदैछ ।

न्यायधीसहरु बम कुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा सुनुवाई भै रहेको छ । पूर्व डीआईजी कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसला माथी असहमति राख्दै महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार  पुनराबलोकनको लागि निबेदन दर्ता गराएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बिहान निबेदनको पेशी तीन न्यायधीसको ईरलासमा तोक्नु भएको छ ।

यस अघि प्रंधानन्यायाधीस राणाले यहि बिषयमा शनिबार न्यायधीसहरु स्रंग परामर्स समेत  गर्नुभएको थियो ।  गत साता  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेपछि साउन आठ गते कोईराला  आठ बर्ष पछि कारागारबाट रिहा भएका थिए ।

सर्बोच्चको आदेश माथी चौतर्फी बिरोध भएपछि महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार  सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।




भर्खरै