६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पार्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उहाँको आरोप छ । उहाँले प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या नभएको दोहो¥याउनु भयो । उहाँले आफूहरु एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म काँग्रेससँगको सहयात्रामा अगाडि बढ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही खेति नगरिकन अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेति हो । सरकारमा कुनै समस्या छैन । उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो । पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो । प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनैपनि समस्या छैन । काँग्रेस र एमालेबीचको यो सत्ता सहयात्रा ०८४ सम्मै पुग्यो भने माओवादीलाई खोज्नुपर्नै परिस्थिति निर्माण हुँदैछ भन्ने प्रचण्डले बुझ्नुभएको छ । त्यो चिन्ता र भयले गर्दा उहाँ बिहान उठ्ने बित्तिकै यो सरकार ढल्छ भन्नुभएको छ, सुत्ने बेला ढल्छ भन्नुभएको छ । एकल बहुमतको लागि हामी ०८४ कुर्छौं । त्यतिबेलासम्म काँग्रेस र एमालेबीचको सत्ता सहयात्रा यही ढंगले अगाडि बढ्छ ।’

उहाँले शिक्षकहरुका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताउनु भयो ।