१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

संवैधानिक पदाधिकारीकाे संख्या घटाउनुपर्छ

संवैधानिक पदाधिकारीकाे संख्या घटाउनुपर्छ
अ अ+ अ-

नेपालकाे संविधानमा व्यवस्थित संवैधानिक निकायहरूका प्रमुख तथा सदस्यहरू नियुक्त गर्ने शक्तिशाली निकाय संवैधानिक परिषद हाे । यस निकायकाे नेतृत्व प्रधानमन्त्रीले गर्ने संवैधानिक व्यवस्था छ जसमा प्रमुख प्रतिपक्षी दलका नेता पनि सहभागी हुन्छन् ।

यस निकायले गरिरहेका नियुक्तिहरूमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् जुन स्वाभाविक पनि हाे । हरेक नियुक्ति विवादरहीत हुन सक्दैन । यद्यपी नेपाल सरकारकाे निजामती प्रशासनमा लामाे अनुभव संगाल्नु भएका पूर्व सचिव सारदाप्रसाद त्रितालले संवैधानिक परिषद र त्यसले गर्ने नियुक्तिका सन्दर्भमा केही सुझावहरू दिनु भएकाे छ । उहाँका सुझावहरू निम्न बमाेजिम छन्ः

१) संवैधानिक परिषदको बैठक बस्ने सन्दर्भमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच केही समयदेखि भेटघाट भइरहेका समाचारहरु आइरहेका छन् ।

२) प्रधानमन्त्री अध्यक्ष र प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहेको र मुख्यसचिव सचिव हुने संवैधानिक परिषद देशको सबैभन्दा उच्चस्तरको प्रतिनिधित्व भएको संयन्त्र हो । 

३) उपसभामुखको व्यवस्था वर्तमान संविधानले पहिलो पटक गरेको हो (उपसभामुखलाई शायद लैङ्गिक र दलगत प्रतिनिधित्व बढाउने उद्देश्यले समावेश गरेको हुनुपर्छ) ।

४) प्रधान न्यायाधीश बाहेक सबै पदाधिकारी उच्च स्तरका राजनीतिक व्यक्तित्व सहभागी हुने संयन्त्र हो यो । 

५) सत्तारुढ र सम्भावित वैकल्पिक सत्ताधारी दलको साझा निर्णय हुने संयन्त्र पनि हो यो ।

६) बनोटको दृष्टिले उत्कृष्ट र उदाहरणीय निर्णय हुनुपर्ने संस्था हो यो । 

७) कुनै गल्तिविना निर्णय भएको छ भन्ने विश्वास दिलाउन सक्ने र दिलाउनु पर्ने संस्था हो यो। 

८) कर्मचारीले सहयोग नगरेकोले काम हुन सकेन भन्न पनि नपाइने स्तरको संयन्त्र हो यो ! तर विडम्वना ! 

९) भागबण्डा नमिलेर लगभग ५ वर्षदेखि अनिर्णयको बन्दी बनेको   ‘बिचरा’  भन्नु पर्ने अवस्थामा पुर्याइएको संस्था भएकोछ । 

१०) यस संयन्त्रले हालसम्म गरेका निर्णय र सिफारिशहरु केही अपवाद वाहेक अधिकांशत विवादास्पद नै भएको पाइएको छ । 

११) यो संयन्त्रका निर्णय विवादास्पद हुनुमा ‘राम्रोवाला’ भन्दा ‘हाम्रोवाला’ लाई चुन्नु, ‘असलवाला’ लाई भन्दा ‘पसलवाला’ लाई चुन्नु, ‘राष्ट्रिय आवश्यकता’ प्रति भन्दा ‘भागबण्डा’ प्रति ध्यान दिनु नै मुख्य जिम्मेवार पक्ष हुन् ।

१२) प्रस्तुत सन्दर्भमा संवैधानिक परिषदले देहायका कुरामा ध्यान दिनु आवश्यक देखिन्छ –

क. देशको सबभन्दा उच्चस्तरको प्रतिनिधित्व भएको संस्था भएकोले यो स्तरको प्रतिनिधित्वको मर्यादा राख्न गम्भीरतापूर्वक ध्यान दिने ।

ख. संवैधानिक निकायको मूल्य र मान्यतामा बारम्बार प्रहार गर्ने प्रवृत्तिमा रोक लगाउने ।

ग. संवैधानिक निकायका पदाधिकारीको लागि संविधानले स्पस्टसँग तोकेको ‘उच्च नैतिक चरित्र भएको’ भन्ने योग्यताको ख्याल गरेर मात्र सिफारिश गर्ने परिपाटीको थालनी र विकास गर्ने । 

घ. संवैधानिक निकायहरुमा ५ जना पदाधिकारीको संख्या देशको अहिलेको अवस्थामा धेरै देखिएकोले प्रत्येकमा ३ जना मात्र नियुक्ति गर्ने । दुइवटा पद रिक्त राख्ता केही बिग्रिँदैन बरु धेरै खर्च बच्छ।

ङ. संविधानले व्यवस्था गरेका नयाँ संवैधानिक निकायहरुमा झण्डै ५ वर्ष नियुक्ति नगर्दा केही फरक परेको देखिएन । तसर्थ तिनमा हाल नियुक्ति नगर्ने ।

च. भागबण्डा होइन, योग्यता, क्षमता र इमानदारिताको मापदण्डलाई आधार बनाएर सिफारिस गर्ने परिपाटीको थालनी र विकास गर्ने ।