२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकसित राष्ट्रहरुको व्यापार युद्धको प्रतिकुल असरलाई ध्यान दिएर बजेट आउनुपर्छः गोकर्ण विष्ट



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व अर्थतन्त्रमा नयाँ प्रकारका संकट र समस्याहरु देखिएको बताउनु भयो । उहाँले अति विकसित देशहरुको व्यापार युद्धको प्रतिष्पर्धाको प्रत्यक्षरुपमा प्रतिकुल असरका सामना नेपालले पनि गर्नुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा समस्या र चुनौति थपिए पनि आन्तरिक रुपमा सम्भावित सम्भावना खोज्नुपर्ने बताउनु भयो । उहाँले आन्तरिक रुपमा पनि लामो समयदेखि नेपालको अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण रहेको बताउनु भयो । वर्तमान सरकारको छोटो प्रयासले मात्रै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दोस्रो विश्व युद्धपछि अवधिमा खासगरी दुनियाँभरी खुला बजार खुला व्यापारको कारणले एक प्रकारले विश्व अन्तरनिर्भरताको अवस्थामा देखाप¥यो । विकसिल राष्ट्रले प्रविधि हस्तान्तरण गर्ने र सहयोग प्रदान गर्ने एउटा युगको रुपमा दोस्रो विश्व युद्धपछि विश्वले केही दशक पार गरयो तर यतिबेला विश्वमा केही समस्याहरु देखा परेका छन् । विश्वको अर्थ व्यवस्थामा केही नयाँ प्रकारका समस्याहरु देखा परेका छन् । विश्व अर्थतन्त्रमा देखापरेका नयाँ प्रकारका संकटहरु अन्तरविरोध र समस्याहरुका कारणले नयाँ प्रकारका चुनौति हाम्रो देशले पनि सामना गर्नुपर्ने खतरा पैदा भइरहेको छ । खास गरी विकसित अति विकसित देशहरुको व्यापार युद्ध प्रतिष्पर्धाको होडले गर्दा हाम्रा जस्ता देशहरुलेसमेत केही प्रतिकुलताको सामना गर्नुपर्ने अवस्थासमेत पैदा भएको छ ।’

‘एकातिर केही चुनौतिहरु पैदा भएका छन् अर्कोतिर सम्भावित सम्भावनाहरु पनि खोज्नुपर्ने स्थिति रहन सक्छन् । यी सबै कुराहरुलाई मध्य नजर गरेर नीति कार्यक्रम आउनु जरुरी छ, बजेट आउनु जरुरी छ । यो बजेट अधिवेशन यसकारण पनि महत्वपूर्ण छ देशमा यी उल्लेखित चुनौतिहरु समस्याहरु बाहेक बहुआयामिक समस्याहरु पनि पैदा भइरहेका छन् । केही समस्यामा विश्व अर्थव्यवस्थाका कारणहरु छन् भने केही समस्या हाम्रा आन्तरिक कारणहरु पनि छन् । यी समस्याहरु केवल नौ महिनाको यो सरकारको अवधिमा पैदा भएका समस्याहरु होइनन् । यी समस्या लामो समयदेखि थुप्रिएका समस्याहरुलाई यी चुनौतिहरुलाई सामना गर्ने गरी सरकार अघि बढिरहेको छ तर चुनौतिका पहाडहरुलाई केवल नौ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुग्न वा सफलता प्राप्त गर्ने अवस्था नरहन पनि सक्छ ।’

सचिव विष्टले पञ्चायती व्यवस्थाको अन्त्यपछि लोकतान्त्रिक अभ्यासले देशको गरिबी निवारणलगायत अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गर्नुभयो ।




भर्खरै