२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन



अ+ अ-

जनकपुरधाम । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्य भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्र्षीया आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । यदुकोहाका सुशील साहका मृतक पवित्रा साह श्रीमती हुन् ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिनुभयो ।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल अटनाको अनुसन्धान भइरहको छ ।