६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको वैशाख महिनाको क्यालेन्डर तयार, नीति तथा कार्यक्रम १९ गते (क्यालेण्डरसहित)



अ+ अ-

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले आजबाट सुरु हुन लागेको बजेट अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो ।

क्यालेण्डर अनुसार वैशाखमा प्रतिनिधिसभाको १२ वटा बैठक बस्नेछ। क्यालेन्डर अनुसार आजको बैठकपछि १४ र १५ वैशाखमा बस्नेछ । त्यसपछि अर्को बैठक १६ गते बस्नेछ ।

वैशाख १९ गते राष्ट्रपतिले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । र त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ वैशाखमा प्रतिनिधिसभाका बैठक बस्नेछन् ।

प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् ।