काठमाडौँ ।आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
आज प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको बर्तौलाले बताए ।
संसद्को बजेट अधिवेशन आज १ बजेबाट सुरु हुँदैछ ।









