काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ८९ लाख छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार उक्त सुन तोलामा एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घट्दै दुई हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।








