२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ ।

२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ललितपुर महानगरपालिकाको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गर्नुभयो । उहाँले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताउनु भयो । नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरुमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गर्नुभयो । यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गर्नुभयो । कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्तदुरुस्तका साथ अघि बढेको बताउनु भयो ।

प्रमुख महर्जनले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले विकास निर्माण गर्दाखेरी काम भनेको यो चाहीँ एउटा रेगुलर बिजनेस हो । यो चाहीँ भइ नै रहन्छ । कसैले रोकेर रोकिँदैन । तर जब आपत विपद् आइपर्छ त्यो बेलामा हामीले अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्छ । तर यो भन्दै गर्दा मैले त दाबी गर्ने गरेको छु । नेपालमा २ सय ९३ वटा पालिकाहरु छन् । २ सय ९३ वटा स्थानीय पालिकाहरुमध्ये विपद्को व्यवस्थापन, विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका हामी अब्बल छाँै भनेर मैले दाबी गरिरहेको छु ।’

प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गर्नुभयो ।