३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते



अ+ अ-

एजेन्सी । युक्रेनको राज्य आपत्कालीन सेवाले बिहीबार बिहान किएभमा भएको ‘विशाल’ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ ।

किएभले यो आक्रमणलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ ।

युक्रेनी अधिकारीहरूले मिसाइल आक्रमणको चेतावनी जारी गरेको र एएफपीका पत्रकारहरूले राजधानीभरि विस्फोटको आवाज सुनेको बताएका छन्

“रुसले किएभमा ठूलो संयुक्त आक्रमण सुरु गरेको छ”, युक्रेनको राज्य आपत्कालीन सेवाले टेलिग्राममा टोल अपडेट गर्दै भनेको छ, “प्रारम्भिक तथ्याङ्कअनुसार नौ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।”

अस्पतालमा भर्ना भएका ४२ जना मध्ये छ जना बालबालिका थिए ।

आक्रमणले राजधानीका पाँच जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागी समेत भएको छ ।

राज्य आपत्कालीन सेवाका अनुसार आक्रमणले आवासीय भवनहरूलाई क्षति पुर्याउँदा भग्नावशेषमुनि परेका मानिसहरूको खोजी जारी छ ।

यस अघि किएभमा अप्रिलको सुरुमा मिसाइल प्रहार हुँदा कम्तीमा तीन जना घाइते भएका थिए ।

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि यो छिटपुट आक्रमणको लक्ष्य बनेको छ ।

युक्रेनको पूर्वमा खार्किभ सहरमा बिहीबार बिहान सातवटा क्षेप्यास्त्र प्रहार भएको सहरका मेयर इगोर टेरेखोभले बताउनुभयो । पछि उहाँले यो ‘एकै रातमा दोस्रो पटक क्रुज क्षेप्यास्त्र आक्रमणमा परेको’ बताउनुभयो ।

“हालैको एउटा आक्रमणमा सघन जनसङ्ख्या भएको आवासीय क्षेत्रमा प्रहार भएको छ…त्यहाँ दुई जना घाइते भएका थिए । शत्रु आक्रमण स्थलहरूको निरीक्षण भइरहेको छ”, टेरेखोभले सहरका बासिन्दाहरूलाई ‘सावधान रहन’ आग्रह गर्दै भन्नुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यरमाकले रुसले किएभ, खार्किभ र अन्य सहरहरूमा ‘अहिले मिसाइल र ड्रोनद्वारा’ आक्रमण गरिरहेको बताउनुभयो ।