६ जेष्ठ २०८२, मंगलवार
,
Latest
संसदमा सांसदको अभाव, बैठक स्थगित एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकताः उपमहासचिव पुन नेप्से परिसूचक ४९ अङ्कले बढ्यो कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको आरोप लगाउनु भयो । आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उहाँको भनाइ छ । उहाँले अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषिलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको बताउनु भयो । अदालत, अख्तियार र संसदको प्रभावकारीतामाथि निराशा पैदा भइरहेको बताउनु भयो । उहाँले अख्तियार, अदालत, संसद र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरुलाई दुई÷तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाँही चार वर्ष समय लाग्छ ? त्यो पनि आइतवार हेरुम, पख्लास् शुक्रवारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अहनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषि पाएको छु । उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ । हामी संसदको एउटा अधिवेशनभरी एउटा कानून बनाउन सक्दैनौं । लोकतन्त्र भनेको त यी संस्थाहरुको प्रभावकारीता र विश्वनीयता हो नि । हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो । अविश्वासहरु धेरै छ । यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो ।’

उहाँले मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने बताउनु भयो । उहाँले चाह्यो भने नेपाली काँग्रेस सरकारबाट बाहिरिनसक्ने समेत टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिको लागि कसैसँगपनि सम्झौता नगरिने स्पष्ट पार्नुभयो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी विद्या भण्डारी राजनीतिमा आउन लागेको चर्चा कोट्याउँदै काँग्रेसबाट राष्ट्रपतिबाट हुने मान्छेलाई पार्टीमा नफर्काइने बताउनु भयो । उहाँले सबै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो संस्थाको गरिमा राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले पूर्वराष्ट्रपतिहरु राजनीतिक दलमा सक्रिय हुने कुराहरु आएको छ । कम्तिमा नेपाली काँग्रेसले भन्नुपर्छ । हामीले भन्ने तागत राख्नुपर्छ । हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरु कहिले पनि फर्केर दलको सदस्यता लिएर आउनुहुन्न । त्यो संस्थाको गरिमा राख्नुहुन्छ । राखिरहनुभएको छ । हिजो हाम्रो पार्टीको सदस्य भएका मानिसहरु आज कोही उपकुलपति होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान् । तर ति कसैबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन । जो जुन ठाउँमा जान्छन् त्यो ठाउँको जिम्मेवारी बहन गनुपर्छ ।’

संविधानलाई खल्बल्याउने नभई सुदृढ बनाउँर्द लैजाने उहाँको दाबी छ । उहाँले संघीयताले समेत प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनु भयो ।