१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु

पाथीभरा केबलकारको समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न तयार छौँः पहिचानवादीहरु
अ अ+ अ-

काठमाडौँ । पाथिभरा (मुकुम्लुङ) मा केबलकार निर्माण गर्नु हुँदैन भनेर आवाज उठाइरहेका ‘पहिचानका लागि युवा’ संस्थाले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार हुनुपर्ने बताएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरु विकास बिरोधी नरहेको भन्दै समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताउनु भयो । उहाँले आन्दोलनरत समूहहरुसँग सरकारले वार्ता नगरी पेल्ने काम गरिरहेको गुनासो गर्नुभयो । उहाँले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि सरकारले बेवास्ता गरेको बताउनु भयो । समस्या समाधानका लागि ध्यानाकर्षण होस् भनेर काठमाडौंमा पत्रकार सम्मेलन गरिएको बताउनु भयो । आन्दोलनरत समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरे वार्ता र संवादबाटै समस्याको समाधान निस्किने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘वार्ताको लागि अगाडि आन्दोलनमा त अलग अलग समूह पनि हुन्छन्, धेरै संघसंस्था मिलेर गरेको हो । त्यसमा अगाडि केही वार्ताहरु भएका छन् । तर सार्थक वार्ता हुन सकेन । त्यसले निकास दिन सकेन मलाई थाहा भएसम्म त्यहाँ पनि सरकारले वा सरकारी पक्षले पेल्ने काम मात्रै गरिराछ । तर यो चाहिँ के हो भने जनस्तरमा भइरहेका वास्तविक समस्या के हो त रु भनेर बुझ्नेसम्म वार्ता हुन सकेन । अब जनस्तरबाटै के गर्न सकिन्छ, समाधान कसरी गर्न सकिन्छ?केवलकार निर्माण बन्द गर्नुमात्रै समाधान हो कि त रु या अरु हिसाबले गर्न सकिन्छ त ?भन्ने हिसावले छलफल नै नगरीकन आको हुनाले हामीले जनस्तरबाट वार्ता संवाद गर्नुप¥यो भने हामी तयार छौँ गर्नु पनि पर्छ । होइन यसरी पेलेरै जाने हो भने प्रतिरोधमै उत्रिन्छौँ । हामी खुल्ला ढंगले संवाद पनि गर्नसक्छौँ, गर्नुपनि पर्छ । त्यसको पहल पनि गर्नुपर्छ । र यसको निकासका लागि कोही लागि पर्नुभएको छ भने ध्यानाकर्षण पनि होला । त्यसपछाडि संवाद मजाले हुन सक्ला भन्ने ध्ययले पनि गरिएको हो । हिजो जति भयो जसरी भयो अब वास्तवै समस्या समाधान गर्न थप संवाद र वार्ता गर्ने वातावरण बन्ला भन्ने हामीले अपेक्षा गरेका छौँ । आउनुस् वार्ता गरौँ पनि भन्नुभएको छैन, दुःख लाग्दो कुरो चाहीँ उहाँहरु पेलेरै जाने शुरमा देखिन्छ । उहाँहरुको जुन भुमिका छ यसको हामी विरोध गर्छौँ । तिमीहरुको समस्या के हो भनेर आन्दोलनमा हुने सबै संस्था समूहलाई बोलाएर समस्या पहिचान गर्न खोज्नु भयो भने समाधान त अवश्य छलफल र वार्ता संवादबाटै निस्कन्छ नि त ।’

लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको अस्तित्व र पहिचानसँग जोडिएको धरोहर भएकाले केवलकार निर्माण गर्दा पहिचान नगुम्ने ग्यारेन्टी हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो माग सम्बोधनका लागि विगत सात वर्षदेखि विभिन्न आन्दोलनमार्फत ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको बताउनु भयो । विश्वका जुनसुकै युद्ध, क्रान्त्रि वा राजनीतिक आन्दोलन वार्ता र सम्बादबाटै समस्या समाधान भएको भन्दै उहाँले केवलकार निर्माणको विषय पनि सम्बादबाटै हल हुने बताउनु भयो । विकासको मोडलबारे स्थानीयस्तरमा छलफल र बहस हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक पद्दतीको माध्यमबाट, पत्रकार साथीहरुको माध्यमबाट हाम्रो आवाज र मागहरुलाई राज्यलाई सुनाउनका निम्ति विगत सात वर्षदेखि हामी निरन्तर आन्दोलनमा छौँ । तर पनि हाम्रो आवाजहरु राज्य सत्ताले सुनिरहेको छैन । यो अवस्थामा लोकतान्त्रिक पद्दतिबाट हाम्रो अधिकार स्थापित हुँदैन भने स्वभाविक रुपमा मान्छेले विकल्पहरु खोज्छन्, आन्दोलनको स्वरुपहरु परिवर्तन हुन्छन् । मुकुम्लुङ आन्दोलन विगत सात वर्षदेखि भइरहेको छ । जुनसुकै समस्याको समाधान पनि राउण्ड टेबल मिटिङबाट डाइलगबाट वार्ता र संवादबाटै भएको छ इतिहासमा । चाहे त्यो पहिलो विश्वयुद्ध होस्, दोस्रो विश्वयुद्ध होस् वा नेपालमा चलेका सशस्त्र क्रान्ति होस् । सात सालको क्रान्ति होस् १७ सालको होस् या ४६ सालको होस् सबै मुद्दाहरु वार्ता र सम्बादबाटै भएको छ र हामी चाहन्छौँ हामी विकास विरोधी होइनौँ । विकास हुनुपर्छ तर नेपालको विकासको मोडालिटी कस्तो हुनुपर्छ भनेर छलफल र बहस गर्नुपर्छ भन्ने जोडदार माग पनि गछौँ ।’

पहिचानका लागि युवाका केन्द्रिय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचानसँग जोडिएका सभ्यताको अस्तित्व रक्षाका लागि राज्यसँग लडाईं भइरहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले दिएको अधिकार सदुपयोग गरी आफूहरु जनताको भावना जोडिएको संस्कृति रक्षाका लागि आन्दोलन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ऐतिहासिक अस्तित्वसँग जोडिएका हाम्रो सम्यताको लडाईंभित्र भइरहेको राज्य दमनप्रति त्यहाँभित्र रहेका रैथाने आदिवासीलगायत सरोकारवाला जनताहरुको भावनासँग जोडिएको आन्दोलनलाई राज्यसत्ताबाट धेरैचोटी बर्बरतापूर्वक दमन हुँदै आएको र पछिल्लो समय नौकोशी हुँदै मुकुम्लुङसम्म आउँदाखेरि त्यहाँका आदिम जातीहरुले आफ्नो अस्तित्व रक्षाका निम्ति आफ्नो मुम्दुनिक सभ्यताका निम्ति सात वर्षदेखि राज्यसँग निरन्तर आन्दोलन गर्दै आउनु अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र २०७२ को संविधानले अपनत्व गरेको बहुसंस्कृति, बहुभाषिक आफ्नो अधिकार सुनिश्चित गर्दै राष्ट्रनिर्माणको सँगसँगै समृद्ध राष्ट्रको परिकल्पना गरेको जुन धाराहरुलाई टेक्दै हामी पूर्वको आन्दोलनको निरन्तर जगमा त्यहाँका विज्ञ वुद्धिजीवि लगायतले आफ्नो अस्तित्व रक्षाका लागि पहिचान रक्षाका निम्ति संघीय लोकतान्त्रि गणतन्त्रलाई टेकेर सभ्यता रक्षाका निम्ति आफू मजबुत रहनका लागि पहिचानका लागि युवा गठन गरेको थियो ।’

संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण गर्नुपर्ने जनाएको छ । राज्यले दमन कायम जारी राख्ने तथा केवलकार निर्माण कम्पनीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने हो भने आन्दोलनलाई तेस्रो जनआन्दोलनको रुपमा अघि बढाइने चेतावनी दिएको छ ।