९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

आफैंले लडेर ल्याएको व्यवस्थामा अलोकतान्त्रिक नेतृत्वविरुद्ध संघर्ष

आफैंले लडेर ल्याएको व्यवस्थामा अलोकतान्त्रिक नेतृत्वविरुद्ध संघर्ष
अ अ+ अ-

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा भएको छ । २०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६३ साल वैशाख ११ गते तत्कालीन राजाको हातबाट राजनीतिक दलहरुले सत्ता खोसे लिएको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ ।

१९औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुन:स्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुन:स्थापित गरिएको छ ।”

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा भए पनि नेतृत्वको प्रवृत्ति परिवर्तन नहुँदा जनताले लोकतन्त्रको प्रत्याभूति गर्न गाएका छैनन् । लोकतान्त्रिक व्यवस्थामा राज्य सञ्चालनको जिम्मेवारी राजनीतिक दलहरुलाई हुन्छ । तर दलहरुले कहिल्यै राजनीतिक स्थायित्व कायम गर्न सकेका छैनन् । पार्टीगत र व्यक्तिगत स्वार्थमा नेताहरु रुमलिँदा जनताको जीवनमा परिवर्तन आउन सकेको छैन ।

देशमा भ्रष्टाचार बढेका छ । अर्थतन्त्रले लय समात्न सकेको छैन । देशबाट दैनिक २ हजारभन्दा बढी युवा शक्ति बाहिरिँदै गएको छ । रोजगारीका अवसर छैनन् । सरकारी सेवा पाउन घूस खुवाउन र बिचौलियाको पछि लाग्नुपर्ने बाध्यता छ । त संविधानको सफल कार्यान्वयन नै भएको छ । संविधान जारी भएको १ दशक हुन लाग्दा पनि यसको कार्यान्वयन भएको छैन । संविधानको आफूखुशी ब्याख्या गर्ने र यसको मर्मविपरित काम हुने गरेका छन् । त्यही कारण पनि जनतामा निराशा देखिएको छ ।

पछिल्ला दिनहरुमा लोकतान्त्रिक व्यवस्थाविरुद्धका आवाजहरु पनि बलियो हुँदै आएको सुनिन्छ । जनताले लोकतन्त्रको विरोध भन्दा पनि नेतृत्वको कार्यशैलीको अक्षमताको विरोध गरेका छन् । त्यसैको घानमा लोकतन्त्र परेको हो । लोकतान्त्रिक व्यवस्था सञ्चालनको जिम्मेवारी बोकेका दल र उनीहरुको नेतृत्व नसुध्रिने हो भने लोकतान्त्रिक व्यवस्था भनेर मात्र जनता चुप लागेर बस्ने अवस्था देखिँदैन ।