१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको उपचारमा खटिएका डाक्टरलाई कोरोना संक्रमण



अ+ अ-

कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । 

कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले बताए।

सोमबारमात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको डाक्टर शर्माले बताए। यस्तै, निको हुनेको संख्या पनि १२ सय १ जना पुगेका छन्। 




भर्खरै