२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयमा आर्थिक अराजकता : आम्दानीभन्दा खर्च एक चौथाइ बढी



अ+ अ-

काठमाडौं । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको तुलनामा खर्च एक चौथाइ बढी गरेको छ । विश्वविद्यालयअन्तर्गतका १३ निकायले तलब भत्तासमेतका शीर्षकमा स्वीकृत बजेटभन्दा १२ करोड २१ लाख ६ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पस र अन्य निकायले आर्जन गरेको आन्तरिक आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यद्यपि खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ भएको देखिएको छ ।

क्याम्पसहरूको खर्चमध्ये ७० प्रतिशतसम्म शिक्षक र कर्मचारीको तलब भत्तामा हुने गरेको छ । विद्यार्थी संख्या बर्सेनि घटेको, लामो अवधिदेखि शिक्षण शुल्क पुनरावलोकन नगरेको र आयस्रोतको व्यवस्थापनमा त्रिविले चासो नदेखाएको पाइएको छ । खर्च नियन्त्रण गरी आन्तरिक आय वृद्धि गर्न महालेखा परीक्षकको ५७औं प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै, दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले विनियोजन गरिएको रकमभन्दा बढी खर्च गरेको पाइएको छ । विभिन्न खर्च शीर्षकमा स्वीकृत बजेट सिमा नघाई १ करोड ६ लाख ९८ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा उल्लेख छ ।

संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्बन्धी नियमावली २०६७ को नियम २३(३) मा सम्बन्धित शीर्षकमा स्वीकृत बजेटभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ । संस्कृत विश्वविद्यालय संस्कृत शिक्षाको उत्थानमा केन्द्रत नभएको शिक्षाविद्हरू बताउँछन् ।

यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको दुर्दशा पनि उस्तै छ । सुदूरपश्चिम विश्वविद्यालयले आम्दानीभन्दा ३ करोड ३१ लाख ८० हजार रुपैयाँ बढी खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले आंैल्याएको छ । विश्वविद्यालयले स्वीकृत बजेटको सीमा नघाई बजेट खर्च गरेको देखिएको हो । विश्वविद्यालय ऐन २०६७ दफा ३३ मा आय व्ययको लेखा सरकारले अपनाएको लेखा प्रणालीअनुसार राख्नुपर्ने उल्लेख छ । ऐन लागु भएको नौ वर्ष बितिसक्दा समेत लेखा नीति तयार गरिएको छैन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखा प्रणाली चुस्त दुरुस्त नराखेको पाइएको छ । विश्वविद्यालयले २०७४÷७५ मा केन्द्रीय कार्यालयमा निकासा भएको १ करोड १७ लाख २९ हजार रुपैयाँको स्रेस्ता पेस गरी लेखा परीक्षण नगराएको पाइएको छ ।

पोखरा विश्वविद्यालयले ५८ शिक्षण संस्थाको अस्थायी नवीकरण गरेको छैन । यस्तै, विश्वविद्यालयले स्थायी सम्बन्धनसमेत नदिएको देखिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एकीकृत वित्तीय विवरण नै तयार नगरेको पाइएको छ । विश्वविद्यालयले मातहतका निकायको आर्थिक कारोबार समेटी एकीकृत वित्तीय विवरण तयार नगर्दा खर्च प्रणाली व्यवस्थित नभएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, राजर्षि जनक विश्वविद्यालयले आर्थिक वर्षको सुरुमै बजेट कार्यक्रम स्वीकृत गर्नुपर्नेमा आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट स्वीकृत गरेको छ । राजर्षि जनक विश्वविद्यालयमा १६ शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा चारवटा मात्रै शैक्षिक कार्यक्रम सञ्चालन भएको देखिएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै