१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन

विश्वविद्यालयमा आर्थिक अराजकता : आम्दानीभन्दा खर्च एक चौथाइ बढी

विश्वविद्यालयमा आर्थिक अराजकता : आम्दानीभन्दा खर्च एक चौथाइ बढी
अ अ+ अ-

काठमाडौं । देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको तुलनामा खर्च एक चौथाइ बढी गरेको छ । विश्वविद्यालयअन्तर्गतका १३ निकायले तलब भत्तासमेतका शीर्षकमा स्वीकृत बजेटभन्दा १२ करोड २१ लाख ६ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पस र अन्य निकायले आर्जन गरेको आन्तरिक आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यद्यपि खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ भएको देखिएको छ ।

क्याम्पसहरूको खर्चमध्ये ७० प्रतिशतसम्म शिक्षक र कर्मचारीको तलब भत्तामा हुने गरेको छ । विद्यार्थी संख्या बर्सेनि घटेको, लामो अवधिदेखि शिक्षण शुल्क पुनरावलोकन नगरेको र आयस्रोतको व्यवस्थापनमा त्रिविले चासो नदेखाएको पाइएको छ । खर्च नियन्त्रण गरी आन्तरिक आय वृद्धि गर्न महालेखा परीक्षकको ५७औं प्रतिवेदनले सुझाव दिएको छ ।

यस्तै, दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले विनियोजन गरिएको रकमभन्दा बढी खर्च गरेको पाइएको छ । विभिन्न खर्च शीर्षकमा स्वीकृत बजेट सिमा नघाई १ करोड ६ लाख ९८ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा उल्लेख छ ।

संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्बन्धी नियमावली २०६७ को नियम २३(३) मा सम्बन्धित शीर्षकमा स्वीकृत बजेटभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ । संस्कृत विश्वविद्यालय संस्कृत शिक्षाको उत्थानमा केन्द्रत नभएको शिक्षाविद्हरू बताउँछन् ।

यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको दुर्दशा पनि उस्तै छ । सुदूरपश्चिम विश्वविद्यालयले आम्दानीभन्दा ३ करोड ३१ लाख ८० हजार रुपैयाँ बढी खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले आंैल्याएको छ । विश्वविद्यालयले स्वीकृत बजेटको सीमा नघाई बजेट खर्च गरेको देखिएको हो । विश्वविद्यालय ऐन २०६७ दफा ३३ मा आय व्ययको लेखा सरकारले अपनाएको लेखा प्रणालीअनुसार राख्नुपर्ने उल्लेख छ । ऐन लागु भएको नौ वर्ष बितिसक्दा समेत लेखा नीति तयार गरिएको छैन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखा प्रणाली चुस्त दुरुस्त नराखेको पाइएको छ । विश्वविद्यालयले २०७४÷७५ मा केन्द्रीय कार्यालयमा निकासा भएको १ करोड १७ लाख २९ हजार रुपैयाँको स्रेस्ता पेस गरी लेखा परीक्षण नगराएको पाइएको छ ।

पोखरा विश्वविद्यालयले ५८ शिक्षण संस्थाको अस्थायी नवीकरण गरेको छैन । यस्तै, विश्वविद्यालयले स्थायी सम्बन्धनसमेत नदिएको देखिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एकीकृत वित्तीय विवरण नै तयार नगरेको पाइएको छ । विश्वविद्यालयले मातहतका निकायको आर्थिक कारोबार समेटी एकीकृत वित्तीय विवरण तयार नगर्दा खर्च प्रणाली व्यवस्थित नभएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, राजर्षि जनक विश्वविद्यालयले आर्थिक वर्षको सुरुमै बजेट कार्यक्रम स्वीकृत गर्नुपर्नेमा आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट स्वीकृत गरेको छ । राजर्षि जनक विश्वविद्यालयमा १६ शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा चारवटा मात्रै शैक्षिक कार्यक्रम सञ्चालन भएको देखिएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।