२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् रु भन्दै प्रश्न गर्नुभयो । उहाँले काँग्रेस लायक पार्टी नभएको आरोप लगाउनु भयो ।

उहाँले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीको बिरुद्धमा अहिल देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गर्नुभयो । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताउनु भयो । उहाँले प्रदर्शनमा आउनेहरुले आइ लभ यु केपी बा नभइ क्रान्तिको हिसाव माग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले पटक पटक भन्ने गरेको छु, काँग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । त्यो अरु नालायक भए भने लायक भएर देखिन्छ, अरु लायक भए भने त्यसको महत्व नै रहँदैन । अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ । नेकपा (माओवादी केन्द्र) । माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन । लुकिङ लण्डन, टकिङ टोकियो । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन । के सन्दर्भमा छ? माओवादबाट हेर्दा समाज, भूराजनीति के कता देखिन्छ?अर्कै देखिन्छ । त्यस्तो सिद्धान्त लिएर हिँडेको छ । त्यसले क्रान्ति गर्नै सक्दैन । त्यसले यस्तै गर्दछ, हाम्रा बलमा गणतन्त्र आयो, गणतन्त्र हामीले ल्याएको हो, यो हामीले ल्याएको हो त्यसैले यसको भोग पनि हामीले गर्न पाउनुपर्छ । तर्क प्रणाली यही हो । मधेस यात्रामा छ आँखा काठमाडौंमा छ । कहिले यो सरकार गएर काँग्रेस आओस् भन्छ, साँच्चै अहिलेको काँग्रेस नेतृत्वको सरकार बनेर यो समस्या समाधान हुने हो ? एउटा जिम्मेवार मान्छेले बोल्दा त्यस्तो भन्छ ।’

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताउनु भयो । उहाँले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गर्नुभयो ।




भर्खरै