४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा



अ+ अ-

एजेन्सी । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा छ । यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् ।

सैन्य जुन्ताले सात दशमलव सात म्याग्निच्युडको भूकम्पपछि आफ्ना असङ्ख्य सशस्त्र विरोधीहरूमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो । भूकम्पमा परी तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । जुन्ताले सन् २०२१ को कू मार्फत सत्ता कब्जा गरी धेरै पक्षीय गृहयुद्ध सुरु गरेको थियो ।

द्वन्द्व अनुगमनकर्ताहरू र लडाइँ क्षेत्रका बासिन्दाहरूका अनुसार म्यान्माको मध्य भागमा सहायता वितरणलाई प्रोत्साहित गर्न घोषणा गरिएको २० दिने युद्धविरामको अवधिमा दुवै पक्षबाट लडाइँ जारी रहेको छ । युद्धविराम मध्यरातमा (१७३० जिएमटी) समाप्त हुँदैछ ।

मङ्गलबार बिहान राज्य सञ्चार माध्यमले युद्धविरामको विस्तारका बारेमा कुनै जानकारी दिएको छैन र एएफपीले जुन्ताका प्रवक्तासँग तत्काल सम्पर्क गर्न सकेको छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार मार्च २८ को भूकम्पले ६० हजारभन्दा बढी मानिसलाई पाल शिविरहरूमा बस्न बाध्य पारेको छ र २० लाख मानिसलाई ‘सहायता र सुरक्षाको गम्भीर आवश्यकता’ मा धकेलेको छ ।

निरन्तर लडाइँका बावजुद मानवीय समूहहरू र क्षेत्रीय शक्तिहरूले सहायता प्रयासहरू चौथो हप्तामा प्रवेश गर्दा युद्धविरामलाई लम्ब्याउन आह्वान गरेका छन् ।

बिहीबार जुन्ता प्रमुख मिन अङ्ग ह्लाइङ्ग १० देशको आसियान ब्लकका अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग दुर्लभ पर्दापछाडिको वार्ताका लागि बैंकक प्रस्थान गर्नुभएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ ९आसियान० को अध्यक्षता गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवरले म्यान्माको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि कुरा गरेको र उक्त समूहले भूकम्पपछि त्यस्तै युद्धविरामको वाचा गरेको बताउनुभयो ।

बैठकपछि पत्रकारहरूलाई अनवरले भन्नुभयो, “दुवै पक्षले लडाइँको विस्तारलाई रोक्न आवश्यक सबै कुरा गर्ने सहमति जनाएका छन् ।”