५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री नाह्यान आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदैछन् । औपचारिक भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।

मन्त्री नाह्यान चार्टर्ड विमानबाट आज बेलुका काठमाडौं आइपुग्ने छन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले शेख अब्दुल्लाहको भ्रमणको आवश्यक तयारी गरिरहेको छ । उनले दुई दिने भ्रमण सकाएर भोलि स्वदेश फर्किनेछन् ।