६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपुर्दगीबारे अचानक परराष्ट्रको धारणा !



अ+ अ-

काठमाडौँ । दुई मुलुकबीच हुने पारस्परिक कानुनी सहायता र सुपुर्दगी सन्धि तथा सम्झौतालाई लिएर परराष्ट्र मन्त्रालयले आइतबार एकाएक नयाँ धारणा सार्वजनिक गर्यो । मन्त्रालयको आधिकारिक प्रवक्ताको कार्यालयलाई उद्धृत गर्दै सार्वजनिक धारणामा कुनै पनि मुलुक वा व्यक्तिलाई भने इंगित गरिएको छैन ।

मन्त्रालयले उक्त धारणा सञ्चारमाध्यमको जिज्ञासामाथि जवाफ दिने क्रममा व्यक्त गरेको दाबी गरेको छ । तर कुन सञ्चारमाध्यमले के सन्दर्भमा र कहिले प्रश्न सोधेको हो भन्ने खुलाएको छैन । ‘प्रभावकारी रूपमा अपराधलाई रोक्न र नियन्त्रण गर्न छिमेकी र अन्य मित्र राष्ट्रहरूसँग सहकार्यका लागि आवश्यकताअनुसार पारस्परिक कानुनी सहायता र सुपुर्दगी सन्धिरसम्झौता गर्न नेपाल समर्थनमा छ,’ परराष्ट्रले भनेको छ, ‘यसका लागि हामी आन्तरिक गृहकार्य गरिरहेका छौं ।’
मन्त्रालयका अधिकारीहरू नै हाल बिनाप्रसंग उक्त भनाइ सार्वजनिक हुनुलाई आश्चर्य मान्छन् । ‘यो पारस्परिक कानुनी सहायता र सुपुर्दगी सन्धिरसम्झौताका विषयमा कसले के कारणले धारणा बाहिर ल्याएको थाहा छैन । माथिको आदेशको आधारमा भएको देखिन्छ,’ मन्त्रालयका एक अधिकारीले कान्तिपुरसँग भने ।

सरकारले हाल सुरुमा चीनले गरेको प्रस्तावलाई मान्ने र त्यहीअनुसार भारत, अमेरिकालगायतले चाहे उनीहरूसँग पनि सुपुर्दगी सन्धि गर्ने योजना रहेको संकेत दिन खोजेको देखिन्छ । परराष्ट्रका एक अधिकारीले कुनै मिडियाबाट यस सम्बन्धमा प्रश्न आएपछि मन्त्रालयले आफ्नो भनाइ निकालेको बताए । तर उच्च स्रोतका अनुसार यस सम्बन्धमा कुनै मिडियाले सोधेको भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा परराष्ट्रले आफ्नो भनाइ सार्वजनिक गरेको हो । ‘सबैभन्दा पहिले चीनसँग सुपुर्दगी सन्धि गर्नुपर्ने र त्यसको आलोचना हुने सक्ने आँकलन गर्दै तयारीस्वरूप यस्तो गरिएको हो,’ स्रोतले भन्यो, ‘सरकारको चीनपछि भारत र अन्य मुलुकसँग पनि सुपुर्दगी सन्धि गर्ने योजना छ ।’

चीनका राष्ट्रपति सी चिनफिङले गत असोज २५–२६ मा गरेको राजकीय भ्रमणका दौरान नेपाल र चीनबीच सुपुर्दगी सन्धि गर्ने भन्ने तयारी थियो । तर अन्तिम समयमा नेपाल सरकार पछि हटेको थियो । अमेरिकी सिनेटर एवं वैदेशिक मामिला समिति सदस्य रोवर्ट मेनेनडेजले सी भ्रमणको एक दिनअघि ९असोज २४० प्रधानमन्त्री ओलीलाई पत्र नै लेखी ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गरेका थिए । पत्रमा ‘चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणमा चीनसँग सुपुर्दगी सन्धि गर्न नेपाल तत्पर रहेको र यसबाट नेपालमा रहेका तिब्बती शरणार्थी हटाउने प्रक्रिया अघि बढ्न सक्ने’ समेत उल्लेख गरिएको थियो ।

लगत्तै असोज २४ मै बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रतिकूल परिस्थिति उत्पन्न भएकाले यस पटक चीनसँग सुपुर्दगी सन्धि नहुने’ जानकारी दिएका थिए । गृह स्रोतका अनुसार परराष्ट्र र गृह मन्त्रालयले चीनसँग सुपुर्दगी सन्धि गर्नेबारेको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिसकेका थिए । सुपुर्दगी सन्धि गर्न सम्भव नभएपछि सी भ्रमणकै दौरान ९असोज २६ मा० ‘फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धि’ र ‘सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता’ भएको थियो । उक्त सन्धि र सम्झौतालाई सरकारले संघीय संसद्मा दर्ता गराइसकेको छ ।

नेपालले भारतसँग सन् १९५३ मा सुपुर्दगी सन्धि गरे पनि अध्यावधिक परिवर्तन भने गरेको छैन । उक्त सन्धिअनुसार विभिन्न १७ विषयमा मात्र फौजदारी विषयमा पारस्परिक कानुनी सहायता लिन पाइन्छ । तर फौजदारीकाअपराधीहरूलाई एक मुलुकले अर्कोलाई हस्तान्तरण गर्ने सम्बन्धमा भने त्यस सन्धिमा केही उल्लेख छैन । त्यसैलाई मध्यनजर गर्दै भारतले सन् २००५ देखि उक्त सुपुर्दगी सन्धिलाई आवधिक परिवर्तन गर्ने प्रस्ताव गरिरहेको छ । भारतले उक्त सन्धिमा तेस्रो मुलुकका व्यक्तिहरू पनि फौजदारी अपराधमा संलग्न भए एकअर्कालाई हस्तान्तरण गर्ने गरी सम्झौता गर्ने प्रस्ताव गरेपछि हालसम्म रोकिएको हो ।

सन् २००६ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल र भारतबीच सुपुर्दगी सन्धिमा आवधिक परिमार्जन गर्ने भनिएको थियो । तर दुई मुलुकबीच सहमति हुन नसक्दा काम अघि बढ्न सकेन । सन् २००८ मा भारतका विदेशमन्त्री प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणको दौरान पनि उक्त सन्धिमा आवधिक परिवर्तन गर्ने भनिए पनि दुई मुलुकबीच सहमति नजुट्दा अघि बढ्न सकेन । पुसमा नेपालले चीन सरकारलाई विद्युतीय कारोबार र आर्थिक अनियमितता सम्बन्धी अपराध गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक हस्तान्तरण गरेको थियो ।

दुई मुलुकबीच सुपुर्दगी सन्धि नभईकन चिनियाँ नागरिकलाई हस्तान्तरण गरिएकोमा सरकारको आलोचना पनि भएको थियो । भूराजनीतिक विज्ञ अवकाशप्राप्त उपरथी विनोज बस्न्यात परराष्ट्रको उक्त धारणा सरकारले कुनै पनि एक मुलुकसँग काम गर्दा अन्य मुलुकसँगको सम्बन्धमा चिसोपना नआओस् भनेर ल्याएको मान्छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाििशत छ ।