२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

मुलुकमा सुशासन कायम गर्दै विकास निर्माणको गति बढाउने ध्याउन्नमा सरकार अगाडि बढिरहेको उहाँको दाबी छ । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यसअघिको सरकारले मुलुकको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाउनु भयो । उहाँले देशभर ७ हजार योजना रहेकोमा प्रचण्ड नेतृत्वको सरकारले ११ हजार योजना थपेर १८ हजार पु¥याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुरा उल्टाउने, पल्टाउनेहरुले धेरै खालका गर्छन् । गर्न दिउँ । हामी देशलाई अगाडि बढाउँछौं । संंक्षिप्तमा भन्दा अहिलेको आवश्यकता प्रमुख कुराहरु हुन् सुशासन र विकास । यी कुराहरु हामी अगाडि बढाएर छोड्छौं । अहिले त्यही ध्याउन्नमा छ सरकार । देशको अर्थतन्त्र साच्चै खोक्रो र रित्तो बनाएको रहेछ । यसभन्दा अगाडि वास्तवमा नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बर्बाद पार्न खोज्ने के हो म भन्न सक्दिन । यति साह्रै नबुझ्ने त कसरी होला ? तर देशमा ७०० आयोजना थिए । बजेट घोषणाभन्दा अगाडि ११ हजार योजनाहरु थप्दिहाल्छन् । योजना १८ हजार पुयाएर बजेट भद्रगोलसँग बाँडेर अहिले त्यसको पैसा कहाँबाट तिर्ने ?बजेट छैन । ’

यस वर्षभित्र मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याइसक्ने उहाँको दाबी छ ।