११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेब गौतमकाे प्रस्तावः एकता महाधिवेशनसम्म ओली अध्यक्ष र प्रधानमन्त्री, प्रचण्ड पार्टीकाे कार्यकारी अध्यक्ष



अ+ अ-

काठमाडाैंः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव पेश गर्नुभएको छ । दुबै अध्यक्षका लागि भन्दै तयार गरिएको प्रस्तावलाई उपाध्यक्ष गौतमले पार्टीका दुवै अध्यक्षलाई बुझाउनु भएको छ । प्रस्ताव बुझाएका कारण गौतम आजको दुबै पक्षको छलफलमा सहभागी हुनु भएको छैन ।

गौतमले गरेको प्रस्तावमा पार्टीको एकता महाधिवेशसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र आगामी निर्वाचनसम्म प्रधानमन्त्री दुवै पदमा कायम रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख गरिएको छ। 

यसैगरी, पार्टीको महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय अन्तराष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने प्रस्तावमा उल्लेख छ।

साथै, अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने पनि उहाँले प्रस्ताव गर्नुभएको छ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिंदै आउनुभएका गौतमले आफ्नो नयाँ अवधारणा सार्वजनिक गरेपछि ओली पक्ष केही उत्साहित भएको छ भने दाहाल पक्ष केही हच्किएको जनाइएको छ ।