२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा



अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारतमा पहिलो आधिकारिक भ्रमण गर्नुभएको छ । सोमबार नयाँदिल्लीको पालम एयरपोर्टमा अवतरण गर्नुभएको भान्सको चार दिने भ्रमण आजदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ ।

परिवारसँगै भारत भ्रमणमा आउनुभएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति भान्स परिवारले अक्षरधाम मन्दिर भ्रमण गर्नुभएको छ ।

उहाँले साँझ ६ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँकै निवासमा भेट्ने कार्यक्रम छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निस्सन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताउनुभएको थियो ।

नयाँदिल्ली भ्रमणपछि भान्स परिवारले भोलि मङ्गलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।