२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परीक्षा र एलेक्सको पात्र परिचय



अ+ अ-

काठमाडौं । यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीतले प्रदर्शन अगावै दर्शकमाझ सनसनी मच्चाएको छ । छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा यो गीत यति भाइरल बनेको छ कि हरेक स्वाइपमा यसकै धुन गुञ्जिरहेको महसुस हुन्छ ।

झुमा लिम्बु र सुजन चापागाईंको सशक्त स्वर, झुमाकै सङ्गीत र युवराज काफ्लेको शब्दले सजिएको यस गीतले लाखौं दर्शकको मन जितेको छ । गीत सार्वजनिक भएको केही समयमै यसको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै, टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बु र गायक चापागाईंले प्रत्यक्ष प्रस्तुत गरेका यो गीतले बिशेष चर्चा बटुल्न सफल भएको थियो । यो गीत नेपाली चलचित्र उद्योगमा ट्रेन्डमा रहेकाहरु गीत मध्ये एक बनिसकेको छ ।

यसैबीच, ‘ऊनको स्वीटर’को निर्माण कम्पनी आर्टमाण्डूले पछिल्लो समय डिजिटल ट्रेन्डलाई आत्मसात गर्दै कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ । ट्रेन्डकै रुपमा पहिलो पटक चलचित्रका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । चलचित्रमा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन् । यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन् ।

आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, “हामीले यो झलकमार्फत ‘ऊनको स्वीटर’का पात्रहरूप्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ ।”

कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता रहेको बताए । उनले भने, “पात्र परिचयको रूपमा नयाँ प्रयोग गरी सार्वजनिक गरिएका भिडियोहरूमा छोटो समयमा नै दसौँ लाख दर्शकले हेरिसक्नु भएको छ र यसलाई अत्यधिक मन पराउनुभएको छ । हाम्रो नयाँ प्रयासलाई सहजै स्विकार गरिएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए सायद यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता हो।”

‘ऊनको स्वीटर’ प्रदर्शनको पूर्वसन्ध्यामा ‘काफ्ले’ गीतले यस चलचित्रप्रति दर्शकको उत्साहलाई अझै बढाएको छ ।