२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्‍यो: युक्रेन



अ+ अ-

एजेन्सी । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।

“रुसी सेनाले यस क्षेत्रमा ड्रोन प्रक्षेपण गरेको छ”, ड्निप्रोपेट्रोभस्कका क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा भन्नुभयो ।

उहाँले एक घर क्षतिग्रस्त भएको र खाद्य प्रतिष्ठानमा आगलागी भएको तर कोही घाइते भएको खबर नभएको जानकारी दिनुभयो ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमले त्यहाँ पनि रुसी हवाई आक्रमण पुनः सुरु भएको बताउनुभयो ।

“अप्रिल २१ को बिहान स्थानीय समयानुसार लगभग ४ः५७ बजे दुश्मनले मिसाइलले सहरमा आक्रमण गर्‍यो, प्रकार निर्धारण भइरहेको छ । कुनै हताहत वा क्षति भएको छैन”, उहाँले लेख्नुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसमाथि इस्टर युद्धविरामको दुई हजारभन्दा बढी उल्लङ्घन गरेको आरोप लगाउनुभयो । यद्यपि उहाँले युक्रेनभरि कुनै हवाई हमलाको चेतावनी नभएको र हवाई आक्रमणमा विरामलाई विस्तार गर्ने प्रस्ताव गरेको बताउनुभयो ।

‘कम्तीमा ३० दिनको अवधिका लागि नागरिक पूर्वाधारमा लामो दूरीको ड्रोन र मिसाइल प्रयोग गरेर कुनै पनि आक्रमण रोक्न’ प्रस्ताव गर्दै उहाँले भन्नुभयो, “आज कुनै हवाई आक्रमण चेतावनी दिइएको छैन ।”