२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा



फाईल फोटो
अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।

रविकी श्रीमती निकिता पौडेलको तर्फबाट दायर भएको रिट आज सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएको थियो । सो मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय , रुपन्देही जिल्ला अदालत रुपन्देही , उच्च अदालत तुलसीपुर बुटवल इजलास,जिल्ला प्रहरी परिसर भद्रकाली,कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देहीलाई विपक्षी बनाइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवलले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो ।