२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) ले गुजरात टाइटन्स (जीटी) को सामना गर्दैछ । कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ। यस सिजनमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

यस सिजनमा गुजरातको टोली ७ खेलमा ५ जितसहित अंक तालिकामा पहिलो स्थानमा छ । अर्कोतर्फ, डिफेन्डिङ च्याम्पियन केकेआरको प्रदर्शन त्यति राम्रो भएको छैन । कोलकाताको टोली ७ खेलमा ३ जितसहित अंक तालिकामा छैटौं स्थानमा छ। प्लेअफलाई ध्यानमा राख्दै दुवै टोलीका लागि यो खेल जित्नु निकैँ महत्त्वपूर्ण छ ।

हेड-टु-हेड

टाइटन्स र नाइट राइडर्स आईपीएलमा पाँचौं पटक आमनेसामने हुँदैछन्। अहिलेसम्म यी दुई टोलीबीच ४ वटा आईपीएल खेल भएका छन् । जसमा गुजरातले २ र कोलकाताले १ खेल जितेको छ। एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो।

रहाणे केकेआरका सर्वाधिक रन स्कोरर

कप्तान अजिंक्य रहाणे केकेआरका सर्वाधिक स्कोरर हुन् । उनले ७ खेलमा कुल २२१ रन बनाएका छन् । आफ्नो डेब्यू खेलमा उनले आरसीबी विरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक बनाएका थिए । बलिङमा, वरुण चक्रवर्तीले ७ खेलमा १० विकेट लिएका छन् ।

सुदर्शन जीटीका सर्वाधिक रन स्कोरर

गुजरात टाइटन्सका ब्याट्सम्यान साई सुदर्शन टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ७ खेलमा कुल ३६५ रन बनाएका छन् । सुदर्शनले यस सिजनमा अहिलेसम्म ४ अर्धशतक बनाएका छन् । उनी यस सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। बलरहरूमा प्रसिद्ध कृष्ण शीर्ष स्थानमा छन्। उनले ७ खेलमा कुल १४ विकेट लिएका छन्।

दुवै टोलीको सम्भावित प्लेइङ-१२

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, शाहरुख खान, राशिद खान, राहुल तेवाटिया, अरशद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, इशान्त शर्मा, शेरफान रदरफोर्ड।

कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, आन्द्रे रसेल, रिंकु सिंह, रमनदीप सिंह, हर्षित राना, वैभव अरोरा, वरुण चक्रवर्ती, एनरिक नोर्त्या, अङ्क्रिश रघुवंशी।

 

 

 

 




भर्खरै