५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) ले गुजरात टाइटन्स (जीटी) को सामना गर्दैछ । कोलकाताको घरेलु मैदान इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ। यस सिजनमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

यस सिजनमा गुजरातको टोली ७ खेलमा ५ जितसहित अंक तालिकामा पहिलो स्थानमा छ । अर्कोतर्फ, डिफेन्डिङ च्याम्पियन केकेआरको प्रदर्शन त्यति राम्रो भएको छैन । कोलकाताको टोली ७ खेलमा ३ जितसहित अंक तालिकामा छैटौं स्थानमा छ। प्लेअफलाई ध्यानमा राख्दै दुवै टोलीका लागि यो खेल जित्नु निकैँ महत्त्वपूर्ण छ ।

हेड-टु-हेड

टाइटन्स र नाइट राइडर्स आईपीएलमा पाँचौं पटक आमनेसामने हुँदैछन्। अहिलेसम्म यी दुई टोलीबीच ४ वटा आईपीएल खेल भएका छन् । जसमा गुजरातले २ र कोलकाताले १ खेल जितेको छ। एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो।

रहाणे केकेआरका सर्वाधिक रन स्कोरर

कप्तान अजिंक्य रहाणे केकेआरका सर्वाधिक स्कोरर हुन् । उनले ७ खेलमा कुल २२१ रन बनाएका छन् । आफ्नो डेब्यू खेलमा उनले आरसीबी विरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक बनाएका थिए । बलिङमा, वरुण चक्रवर्तीले ७ खेलमा १० विकेट लिएका छन् ।

सुदर्शन जीटीका सर्वाधिक रन स्कोरर

गुजरात टाइटन्सका ब्याट्सम्यान साई सुदर्शन टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ७ खेलमा कुल ३६५ रन बनाएका छन् । सुदर्शनले यस सिजनमा अहिलेसम्म ४ अर्धशतक बनाएका छन् । उनी यस सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। बलरहरूमा प्रसिद्ध कृष्ण शीर्ष स्थानमा छन्। उनले ७ खेलमा कुल १४ विकेट लिएका छन्।

दुवै टोलीको सम्भावित प्लेइङ-१२

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, शाहरुख खान, राशिद खान, राहुल तेवाटिया, अरशद खान, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, इशान्त शर्मा, शेरफान रदरफोर्ड।

कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, आन्द्रे रसेल, रिंकु सिंह, रमनदीप सिंह, हर्षित राना, वैभव अरोरा, वरुण चक्रवर्ती, एनरिक नोर्त्या, अङ्क्रिश रघुवंशी।