२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीलाई हराउँदै १० खेलाडीमा समेटिएको ललितपुर एनएसएलको फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं। ललितपुर सिटि एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भर्खरै सम्पन्न पहिलो क्वालिफायर खेलमा धनगढी एफसीलाई २-१ गोलले हराउँदै ललितपुरले फाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको खेलको पहिलो हाफमा १६ औं मिनेटमा ललितपुरका मणि कुमार लामाले रातो कार्ड खाएपछि ललितपुर १० खेलाडीमा समेटियो ।

धनगढीका मोहम्मद अल्जसँग जुधेका लामालाई रेफ्री उमेश बिडारीले सिधै रातो कार्ड देखाए । दुबैले एकअर्कामाथि ट्याकल गरेका थिए । तर रेफ्रीबाट लामाले कार्ड पाए ।

ललितपुरका खेलाडी, प्रशिक्षक तथा फ्यानहरु उक्त निर्णयबाट सन्तुष्ट देखिन्थेनन् । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका केर्भेन्स फिल्स बेल्फोर्टको सशक्त प्रहार गोलपोस्टको देब्रेतर्फबाट थोरैमात्र बाहिर गयो ।

खेलको ५६ औं मिनेटमा बेल्फोर्टले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाए । उनले फ्रीकिकबाट उत्कृष्ट गोल गरे । यता, खेलको ६१ औं मिनेटमा धनगढीले बराबरी गोल फर्कायो । जर्ज प्रीन्स कार्कीले गोल गर्दै टोलिलाई १-१ को बराबरीमा ल्याएका हुन् । दिपेश राईको सट्टामा बैकल्पिक खेलाडीमा रुपमा मैदान प्रवेश गर्नेबित्तिकै उनले गोल गरे ।

७३ औं मिनेटमा धनगढीका अहमद हिजाजीले अग्रता बनाउने अवसर गुमाए । जर्ज प्रीन्सबाट लामो पास पाएका उनी ललितपुरका गोलकिपर जेफरी बाल्टससँग वान टु वानमा हिजाजीले सन्तुलन गुमाउँदा उनी गोल गर्न चुके ।

७९ औं मिनेटमा ललितपुरले अग्रता बनायो । पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाए । ३५ यार्डबाट ८९ किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गरेको उनको बललाई धनगढीका गोलकिपर वालिद बिरोउले छेक्ने कुनै मौका पाएनन् ।

पराजित धनगढीलाई फाइनलमा पुग्ने अवसर भने बाँकी नै छ । भोलि आइतबार हुने पोखरा थन्डर्स र चितवन एफसीबिचको एलिमेनेटर खेलको विजेतासँग धनगढीले फाइनल प्रवेशका लागि खेल्नेछ ।