३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

साँफे–मार्तडी सडकको बार्जुगाडमा भीषण पहिरो

साँफे–मार्तडी सडकको बार्जुगाडमा भीषण पहिरो
फाईल फोटो
अ+ अ-

बाजुरा । लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ । सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उहाँको भनाइ छ ।
 
तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य सङ्घ बाजुराले जनाएको छ ।

बाजुरामा सोमबारदेखि भीषण वर्षा भइरहेको छ । जिल्लाभरि धेरै ठाउँमा क्षति भएको हुनसक्ने बताइएको छ । भारी वर्षाका कारण जिल्लाको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । जिल्लामा सञ्चालनमा रहेका नेपाल टेलिकमका सम्पूर्ण सेवा प्रभावित भएका छन् । धेरै ठाउँ फोन सम्पर्क नहँुदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साँफे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् । 

सडक सञ्चालन हुन अझै १५ दिन लाग्ने

लगातार वर्षा भइरहेका कारण साँफे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ । लगातारको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो । वर्षाकै कारण हरेक दिन नयाँ विकल्पसहित सडक निर्माणको काम शुरु गर्नुपर्ने बाध्यताले सञ्चालनमा ढिलाइ हुने सडक डिभिजन कार्यालय साँफेका इञ्जीनियर दमन विष्टले बताउनुभयो । तत्कालका लागि पुरानै स्थानमा बाटो मर्मत गर्ने क्रम जारी भए पनि वर्षाले समस्या पारेको विष्टको भनाइ छ ।
 
असार अन्तिम सातादेखि अवरुद्ध साँफे–मार्तडी सडक अझै खुल्न सकेको छैन । सडक सञ्चालनका लागि नयाँ रुट निर्माण वा पुरानै मर्मत भन्नेमै पनि बहस जारी छ । नयाँ निर्माण गर्दा पनि पहिरोमा भासिएको र थप बाटोसमेत पहिरोले क्षतविक्षत भएर थप निर्माण गर्नुपर्ने अवस्थामा आइपुगेको छ । पहिरोको समस्या बार्जुगाडखोलाबाट मार्तडीसम्म दर्जनाँै स्थानमा ठूला तथा साना पहिरो गएको भए पनि बल्दे–द्वारी सडक नै प्रमुख बाधक बनेको छ । बनाएको भोलिपल्ट बिग्रिने र नयाँ निर्माण गर्दा लागत खर्च बढ्ने तर उपलब्धि नदेखिने अवस्था आइपुगेको छ । जिल्लास्तरीय सरोकारवाला टोली र सडक विभागबाट प्रतिनिधि तथा प्राविधिकले नियमितरूपमा विकल्पबारे परामर्श तथा छलफल जारी राखे पनि निकास निस्कन सकेको छैन ।
    
डोजरले काम नियमित गरिरहेको छ, प्राविधिक आएरै नयाँ मार्ग निर्माणबारे परामर्श गरिरहेका छन् तर दिनमा काटेको बाटो राति पुनः भत्किने गरेको छ । पुरानोसहित थप नयाँ बाटोसमेत भत्किएकाले ढिलाइ हँुदै गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभएको छ । गैरे नेतृत्वको टोलीले सडकको अवस्थाबारे जानकारी लिनुका साथै सडक डिभिजन कार्यालयका प्राविधिक टोलीसँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलसहितको टोली द्वारी पुगेको थियो भने सडक डिभिजन कार्यालयका इञ्जीनियर विष्टसहितको टोलीबीच छलफल तथा परामर्शसमेत भएको प्रहरी नायब उपरीक्षक भट्टाराईले बताउनुभएको छ ।

छलफलबाट पुरानै सडक छेउ हुँदै बाटो निकाल्ने सहमति भएको छ । दीर्घकालीन समाधानका लागि नयाँ विकल्पबारे छलफल गरिए पनि तत्कालको समस्या समाधान गर्न पुरानै सडक छेउबाटै बाटो निर्माण गर्नेबारे छलफल भएको छ । पुरानै सडक छेउबाट बाटो निर्माण गरिए पनि करिब १५ दिनभन्दा बढी लाग्ने इञ्जीनियर विष्टले बताउनुभयो । बाटोको अवस्था र पहिरोको मात्रा हेर्दा पानी रोकिएमा कम्तीमा १५ दिनभन्दा बढी लाग्ने र पानी निरन्तर परिरहे तत्काल भन्न सकिने अवस्था नरहेको विष्टको भनाइ छ ।

बाटो अवरुद्ध हुँदा खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामानको मूल्य बढेको छ भने यात्रा कष्टकर हुने गरेको छ । सडक विभागले आफूले निर्माण गरेको सडकबारे तत्काल अर्को नयाँ मार्ग पहिचान गरेर सडक बनाउने अवस्था नरहेको र मेशिनरी पर्खाल नै लगाएर भए पनि पुरानै बाटोलाई कायम गर्ने रणनीति अघि सारेको छ । 

पहिरोले घर बगायोे, गाउँ नै जोेखिममा

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोेले एक घर बगाएको छ । मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताउनुभयो । उहाँका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् । पहिरो निरन्तर बग्ने हो भने गाउँ नैै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताउनुभयो ।