२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय



अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामती लगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पु¥याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पु¥याए वार्षिक ६० अर्ब रुपैयाँसम्म वचत हुने बताउनुभएको हो ।

उहाँले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थप अतिरिक्त पद सिर्जना गर्न नहुने बताउनु भयो । उहाँले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गर्नुभयो । उहाँले सहसचिवको बढुवालाई समयवद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो । यसले निर्णयको तह पनि बढाउँछ र खर्च पनि बढाउँछ । ३० वटा अतिरिक्त सचिव हुँदा वार्षिक रुपमा ७ कारेड जति खर्च बढ्दो रहेछ । र अर्को कुरा हामीले यहाँ जति छलफल गरेपनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौं । किनभने सहसचिव ११ देखि १२ वर्षमा सचिवमा बढुवा हुन्छन् । सहसचिवको बढुवालाई समयबद्ध गराउने दृष्टिले अतिरिक्त सचिव आएको हो जस्तो लाग्छ । र त्यसलाई व्यवस्थापन गर्न सचिव र मुख्य सचिवको १÷१ वर्ष समयावधि घटाउने जुन प्रश्ताव छ त्यसले यसको व्यवस्थापन हुन्छ जस्तो लाग्छ । सचिवको कार्यअवधि पनि घटाउन नसक्ने र अतिरिक्त सचिव पनि सिर्जना हुने अवस्था आउँदा हिजो सहायक सचिव र उपसचिव लगायतबाट पाठ सिकेर यो नगर्दा नै उपयुक्त हुन्छ भन्ने म सुझाव दिन्छु ।’

उहाँले कर्मचारीको क्षेत्रमा अतिरिक्त पद सिर्जना गर्दा निर्णयको तह र खर्च बढ्ने भन्दै त्यस्तो नगर्न सुझाव दिनुभयो ।