१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय

निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय
अ अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामती लगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पु¥याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पु¥याए वार्षिक ६० अर्ब रुपैयाँसम्म वचत हुने बताउनुभएको हो ।

उहाँले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थप अतिरिक्त पद सिर्जना गर्न नहुने बताउनु भयो । उहाँले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गर्नुभयो । उहाँले सहसचिवको बढुवालाई समयवद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो । यसले निर्णयको तह पनि बढाउँछ र खर्च पनि बढाउँछ । ३० वटा अतिरिक्त सचिव हुँदा वार्षिक रुपमा ७ कारेड जति खर्च बढ्दो रहेछ । र अर्को कुरा हामीले यहाँ जति छलफल गरेपनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौं । किनभने सहसचिव ११ देखि १२ वर्षमा सचिवमा बढुवा हुन्छन् । सहसचिवको बढुवालाई समयबद्ध गराउने दृष्टिले अतिरिक्त सचिव आएको हो जस्तो लाग्छ । र त्यसलाई व्यवस्थापन गर्न सचिव र मुख्य सचिवको १÷१ वर्ष समयावधि घटाउने जुन प्रश्ताव छ त्यसले यसको व्यवस्थापन हुन्छ जस्तो लाग्छ । सचिवको कार्यअवधि पनि घटाउन नसक्ने र अतिरिक्त सचिव पनि सिर्जना हुने अवस्था आउँदा हिजो सहायक सचिव र उपसचिव लगायतबाट पाठ सिकेर यो नगर्दा नै उपयुक्त हुन्छ भन्ने म सुझाव दिन्छु ।’

उहाँले कर्मचारीको क्षेत्रमा अतिरिक्त पद सिर्जना गर्दा निर्णयको तह र खर्च बढ्ने भन्दै त्यस्तो नगर्न सुझाव दिनुभयो ।