१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारभित्र कर्मचारीकाे स्वाब संकलन



अ+ अ-

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको छ ।

परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । काठमाडौँंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।