५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति ऐनलाई आगमी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताउनुभएको छ ।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रुपमा प्रश्तुत नभएको र नहुने प्रतिवद्धता जनाउनु भयो । उहाँले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयमाथि धारणा राख्नुभएको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताउनु भयो । उहाँले मुलुकको हितका लागि कानून बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यहाँ पार्टीगत रुपमा प्रश्तुत भएका छैनौँ । जातिगत रुपमा प्रश्तुत भएका छैनौँ । माननीय सदस्यहरुले इन्डिपेण्डेट रुपमा आफ्ना कुराहरु राख्नुभएको छ, स्वतन्त्रतापूर्वक । मुलुक सुहाउँदो रुपमा कानून बनोस् । हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ । हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ ।’

समितिको अर्को बैठक वैशाख ८ गते बस्नेगरी स्थगित भएको छ ।