२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्राकृतिक विपद्को उद्धारका लागि प्रदान गरिने सामग्री अब एकद्वार प्रणालीबाट हस्तान्तरण गर्ने बताउनुभएको छ ।

शुक्रवार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गण्डकी प्रदेश प्राकृतिक विपदको हिसावले जोखिम क्षेत्र भएकाले सम्भावित दुर्घटनाको आँकलन गरी उद्धारका कार्यहरु तयारी गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् उद्धारका लागि आवश्यक सामग्री वितरणका लागि गोदामघरले सहजता दिने बताउनु भयो । गोदमघरमार्फत विपदका सामग्री एकद्वार प्रणालीबाट वितरण गर्दा उद्धारमा छिटो र सहज तरिकाले गर्न सकिने उहाँको भनाइ छ । उहाँले उद्धार कार्यमा सुरक्षा निकायको परिचालनका लागि आवश्यक सम्बोधन प्रदेश सरकारले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उद्धार, प्रतिकार्य, उद्धारपछिका कार्यहरु गर्दाखेरि चाहिने जे जे सामानहरु छन् यस्लाई प्रदेश सरकारको मातहतबाट एकद्धार प्रणालीबाट हस्तान्तरण गर्न सहज हुनेछ । त्यस्तै हामीले आफ्नै पनि प्रदेश सरकारले गोदाम घर छुट्टै राखेकै थियो । अब यी सामानहरु र सरकार मातहत रहेका सामानहरु एकै ठाउँमा गोदामघरमा ल्याइसकेपछि यसलाई वितरण गर्न सहज हुनेछ । र दोहोरो पन पनि कम हुन्छ भन्ने लाग्दछ । गण्डकी प्रदेश अलिकति जोखिमयुक्त प्रदेश नै हो विपदको दृष्टिकोणबाट । बाढी पहिरोको जोखिम हाम्रो प्रदेशमा अलिकति बढी नै छ । त्यसले गर्दा पनि समयमै यस्ता सामानहरु हस्तान्तरण गर्ने समयमै उद्धार गर्ने सहज हुने विश्वास लिएका छौँ । सुरक्षा निकायलाई परिचालन गर्न र समयमा नै सुरक्षा निकायको तर्फबाट विपद्लाई सम्बोधन गर्नसक्ने हिसावले केही सहयोग पनि हामीले गर्दै आइरहेका छौँ ।’

मुख्यमन्त्री पाण्डेले विपद् उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मागअनुसार सामग्री दिन नसके पनि सरकारले न्युनतम उद्धारका सामग्री दिँदै आएको बताउनु भयो ।