१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने

गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने
अ अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्राकृतिक विपद्को उद्धारका लागि प्रदान गरिने सामग्री अब एकद्वार प्रणालीबाट हस्तान्तरण गर्ने बताउनुभएको छ ।

शुक्रवार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गण्डकी प्रदेश प्राकृतिक विपदको हिसावले जोखिम क्षेत्र भएकाले सम्भावित दुर्घटनाको आँकलन गरी उद्धारका कार्यहरु तयारी गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् उद्धारका लागि आवश्यक सामग्री वितरणका लागि गोदामघरले सहजता दिने बताउनु भयो । गोदमघरमार्फत विपदका सामग्री एकद्वार प्रणालीबाट वितरण गर्दा उद्धारमा छिटो र सहज तरिकाले गर्न सकिने उहाँको भनाइ छ । उहाँले उद्धार कार्यमा सुरक्षा निकायको परिचालनका लागि आवश्यक सम्बोधन प्रदेश सरकारले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उद्धार, प्रतिकार्य, उद्धारपछिका कार्यहरु गर्दाखेरि चाहिने जे जे सामानहरु छन् यस्लाई प्रदेश सरकारको मातहतबाट एकद्धार प्रणालीबाट हस्तान्तरण गर्न सहज हुनेछ । त्यस्तै हामीले आफ्नै पनि प्रदेश सरकारले गोदाम घर छुट्टै राखेकै थियो । अब यी सामानहरु र सरकार मातहत रहेका सामानहरु एकै ठाउँमा गोदामघरमा ल्याइसकेपछि यसलाई वितरण गर्न सहज हुनेछ । र दोहोरो पन पनि कम हुन्छ भन्ने लाग्दछ । गण्डकी प्रदेश अलिकति जोखिमयुक्त प्रदेश नै हो विपदको दृष्टिकोणबाट । बाढी पहिरोको जोखिम हाम्रो प्रदेशमा अलिकति बढी नै छ । त्यसले गर्दा पनि समयमै यस्ता सामानहरु हस्तान्तरण गर्ने समयमै उद्धार गर्ने सहज हुने विश्वास लिएका छौँ । सुरक्षा निकायलाई परिचालन गर्न र समयमा नै सुरक्षा निकायको तर्फबाट विपद्लाई सम्बोधन गर्नसक्ने हिसावले केही सहयोग पनि हामीले गर्दै आइरहेका छौँ ।’

मुख्यमन्त्री पाण्डेले विपद् उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मागअनुसार सामग्री दिन नसके पनि सरकारले न्युनतम उद्धारका सामग्री दिँदै आएको बताउनु भयो ।