५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिमा अख्तियारसम्बन्धी विधेयकको खोजि



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संसोधन विधेयकको खोजि गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अख्तियार विधेयकको खोजि गर्नुभएको हो ।

उहाँले उपसमितिले पास गरेको विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन विधेयक दराजमा थन्केर बसेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोग ऐन संशोधन विधेयकमा धमिरा लाग्यो कि भन्ने चिन्ता रहेको बताउनु भयो । उहाँले उक्त विधेयकलाई छिटो पास गरेर संसदमा लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले छिटो काम गर्नेबारेमा पनि सोच्नुप¥यो । पहिलेको उपसमितिले पास गरेको विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संसोधन विधेयक) दराजमा थन्केको छ । अब त धमिरा लाग्छ कि भनेर डर लागिरहेको छ । अब त्यो धमिरा शब्द पनि प्रयोग गर्नुपर्ने भयो । त्यो ल्याउनु प¥यो पास गर्नुपर्यो ।’

अख्तियार विधेयक २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आएको थियो । त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० उक्त विधेयक राज्य व्यवस्था समितिमा पठाइएको थियो ।