२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसिद्ध वक्ता प्रेम रावतले सैनामैनामा शान्तिको सन्देशका लागि प्रवचन दिने



अ+ अ-

काठमाडौं । पाँच दशकदेखि शान्ति र आत्म चेतनाको ज्ञान प्रवाह गर्दै आउनुभएका प्रख्यात वक्ता प्रेम रावतले नेपाली समाजमा पनि आत्मज्ञान र शान्तिको सन्देश प्रवाहका लागि प्रवचन दिनुहुने भएको छ ।

आत्मज्ञान प्रसार सङ्घ नेपालद्वारा शनिबार बिहान रुपन्देहीको सैनामैनामा नगरपालिका–७ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित एक कार्यक्रममा उहाँको करिब दुई घण्टा शान्तिका लागि प्रवचन हुने संस्थाका सञ्चार संयोजक श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

भारतीय मूलका विश्वविख्यात शान्तिका प्रेरक रावतले एक दशकअघि भक्तपुर र पोखरामा विश्व शान्तिको कामना गर्दै प्रवचन दिनुभएको थियो । विमान चालकसमेत रहनुभएका रावतका विश्व शान्तिसम्बन्धी प्रवचन एक सय १० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण हुँदै आएको आयोजकको दाबी छ ।

प्रवचनका क्रममा उहाँ भन्नुहुन्छ, “हामीले कल्पना गरेको स्वर्ग र नरक यहीँ छन् । मानिस क्रोध र अहङकारका बेला नरकमा हुन्छ, ह्दयमा प्रेम र कृतज्ञता भरिँदा यहीँ स्वर्गको अनुभव गर्न सक्छ । त्यसैले मानिसले आफ्नो जीवनमा स्वर्गको अनुभव यहीँ गर्न सक्छ ।”

उहाँका नाममा स्थापित द प्रेम रावत फाउन्डेसनले शान्ति शिक्षासम्बन्धी कार्यक्रम विश्वका ८७ बढी देशमा ४६ भाषामा सञ्चालन गरिरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।