१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड

कैलाली-कञ्‍चनपुर डुबानमा, ५६०० परिवार विस्थापित

कैलाली-कञ्‍चनपुर डुबानमा, ५६०० परिवार विस्थापित
अ अ+ अ-

कैलाली । मंगलबार रातिदेखि बुधबार दिनभरि परेको अविरल वर्षाले कैलालीका विभिन्न बस्ती आसपासका खहरे, खोला र नदीमा आएको बाढीले पूर्वोत्तर क्षेत्र पूरै डुबानमा परेको छ । बाढीले बगाएर भजनी नगरपालिका–८ का तीन जना बेपत्ता भएका छन् । डुबान क्षेत्रमा पाँच हजारभन्दा बढी परिवार विस्थापित छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार हुलाकी सडकखण्डमा पर्ने भजनी–८ सुनाफाँटाका ईश्वरी शाह, चक्र विक र स्केल चौधरी बेपत्ता भएका छन् । ११ वर्षीय चौधरी घरनजिकै कुलोमा बगेर बेपत्ता भएका हुन् भने हुलाकी सडकमा बाढी तरेर आइरहेका चार जनामध्ये ईश्वर र चक्र बेपत्ता भएका हुन् । बिक्की शाह र हेमन्त शाहको स्थानीयले उद्धार गरेका थिए ।
मोहना, कान्ध्रा, काडा, पथरिया र कर्णालीको भँगालोमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौं बस्ती डुबानमा परेका छन् । उद्धारमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय तहको उद्धार टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

प्रजिअ बोहराका अनुसार भजनी नगरपालिकामा १ हजार ८ सय ८०, जानकी गाउँपालिकामा १ हजार, जोशीपुरमा २ हजार ३ सय १५ र टीकापुर नगरपालिकामा ५ सयजति परिवार विस्थापित भएका छन् ।

विस्थापितलाई स्थानीय आवास गृह र बाढी नपसेको ठाउँका स्कुल भवनहरूमा राखिएको छ । भजनीका केही वडामा गैरसरकारी संस्थाले सुरक्षित गृह बनाएका छन् । ‘अहिले उद्धार कार्यलाई प्राथमिकता दिइएको छ,’ प्रजिअ बोहराले भने, ‘वर्षा निरन्तर भइरहेको छ । बाढीको खतरा अझै बढ्ने देखिन्छ । जीउधनको क्षति हुन नदिन उद्धार कार्यलाई प्रभावकारी पार्नेतिर लागिएको छ ।’

उनले तत्कालको राहतका लागि स्थानीय तहका विपद् व्यवस्थापन समिति र रेडक्रससँग समन्वय भएको बताए । उद्धार गरिएका परिवारलाई ड्राइफुड, खानेपानी र लुगाहरू उपलब्ध गराउने काम स्थानीय तहका विपद् व्यवस्थापन समितिबाट भइरहेको छ । उनका अनुसार घरभित्र बाढी पसेर करिब १० हजार परिवार प्रभावित भएका छन् । उक्त क्षेत्रमा घरभित्र बाढी पसेर अन्न, लत्ताकपडा भिजाएर खराब नगरेको कोही परिवार बाँकी छैन । भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीका अनुसार बाढीले सबै वडा प्रभावित भए पनि ३, ५, ७ र ८ नम्बर वडा पूर्ण डुबानमा छन् । कान्ध्रा, मोहना र पथरिया नदीको बाढी बस्तीमा पस्दा भजनी–८ का दैलेखेगाउँ, जनकपुर, खैरा, चर्रा, सुनाफाँटा, कृष्णनगरलगायत दर्जनभन्दा बढी गाउँ चुर्लुम्म डुबेका छन् ।

प्रभावितहरू हुलाकी राजमार्गसहित अग्लो स्थानतिर सर्ने क्रम जारी छ । भजनी–३ को दैलेखटोल र ५ को कुलियापुर, ढुसी, जनकपुरलगायत गाउँ पनि डुबेका छन् । यहाँबाट पनि करिब २ सय परिवारलाई उद्धार गरिएको छ । टीकापुर नगरपालिकाको सुकुम्बासी बस्तीका धेरै घर भत्केकाले उनीहरूलाई शक्तिनगर, नयाँ नेपाल र कर्णालेश्वर प्राविमा राखिएको मेयर तपेन्द्र रावलले बताए । टीकापुर–७ का विस्थापितलाई त्यहाँको उच्च घरमा राखिएको छ । जमरा कुलोमा पानीको सतह बढेर टीकापुर बजार क्षेत्र, शिवनगर, चमेलीपुर, विजयनगरमा गरी करिब एक सय ५० घरजति भत्किएका छन् । काँचो माटोका ब्लकले बनाइएका घरका भित्ता ढलेपछि छानोसहित घर भत्किएका हुन् । घर भत्किएर अलपत्र परेकाहरू कोही आफन्तको सहारामा त कोही सडकमै छन् ।

जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले पालिकाको पूर्वतर्फका ७, ५ र ४ नम्बर वडाका सिमराना, खर्चोवा, पटाउ, हसनपुर, खमिरियालगायत गाउँ पथरिया नदीले डुबानमा पारेको बताए । पश्चिमतर्फ रतनपुर कुनौसी, खुसी, राजीपुर भित्रियासम्मका एक दर्जन बस्तीमा पथरिया नदीको बाढी पसेको छ । जोशीपुर गाउँपालिकामा करिब २४ सय घर डुबानमा परेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए । यो क्षेत्र पूरै जलमग्न भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।

त्यस्तै मोहना नदीले कैलारी गाउँपालिकाका हसुलिया, भित्रवा, मोहनपुर, शिवरतनपुर, बेलापरसुवालगायत बस्तीलाई डुबानमा पारेको छ । कर्णालीको भँगालोबाट आएको बाढीले टीकापुरको दुर्गौलीलगायत क्षेत्र पनि डुबानमा परेको प्रहरीले बताएको छ । नदीहरूमा पानीको सतह बढ्दै गएको र गाउँमा डुबान भइरहेकाले स्थानीय तहले सुरक्षा अपनाउन आग्रह गरिरहेका छन् । प्रहरी उद्धारमा खटिएको छ । तर धेरैका सामान जोगाउन सकेको छैन । राति नै घरमा पानी पसेर अन्न नष्ट भएको पीडितले बताएका छन् ।

महाकालीको बहाव खतरानजिक

महाकालीमा पानीको सतह बढेपछि कञ्चनपुरको नदी किनारका बासिन्दालाई सतर्कताका लागि सचेत गराइएको छ । नदी सतह बढ्ने क्रम जारी भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना प्रवाह गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो महाकालीमा २ लाख २८ हजार ७ सय ८० क्युसेक बहाव पुगेको छ ।

२ लाख ५० क्युसेक बहाव खतराको अवस्थाको अवस्था हो । डडेलधुराको जोगबुढा क्षेत्रमा यसअघि नै पानीको सतह ७ मिटर नजिक पुगेकाले खतरा बढेको भन्दै सूचित गरिएको थियो । ‘महाकालीमा पानीको सतह बढ्न थालेपछि नदी किनारका बस्तीलाई सतर्कताका लागि सूचित गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘जोगबुढाबाट यसअघि नै नदीको सतह खतराको तहनजिक भएको जानकारी आएको थियो, त्यहीअनुसार हामीले पनि नदी किनारमा सूचित गरिरहेका छौं ।’

महाकालीमा पानीको सतह १ लाख क्युसेक पुग्नेबित्तिकै शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन बन्द गरिँदै आएको छ । जीर्ण पुलमा जोखिम हुने भएकाले बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि जोगबुढामा महाकाली नदीमा पानीको सतह खतरा नजिक भएकाले सतर्क रहन सूचित गरेको छ । तल्लो तटीय क्षेत्रमा जोखिम बढी हुन सक्ने नदी किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।, समाचार कानितपुर दैनिकमा प्रकाशित छ ।