६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीलाई हराउँदै चितवन नेपाल सुपर लिगको प्ले अफमा



अ+ अ-

काठमाडौं । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो ।

चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । यता धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे । खेलको सातौँ मिनेटमा जर्जप्रिन्सको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । नेदिरले खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चितवनलाई बराबरीमा ल्याए । छिरिङ गुरुङको प्रहार बक्स भित्र धनगढीका रक्षक अशोक खवासको हातमा लागेपछि चितवनले पेनाल्टीमा अवसर पाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा जयले गोल गर्दा चितवन २–१ ले अगाडि बढ्यो । उनले छिरिङको क्रसलाई पोस्टको दिशा दिए । त्यसैगरी अमृत श्रेष्ठबाट खेलको ५४औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा चिवतनले ३–१ को अग्रता लियो । भिक्टर मानसारेको क्रस अमृतको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

जितसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो तथा पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा रहे । चितवनको यो जितसँगै काठमाडौँ रेजर्सको यात्रा भने लिग चरणमै सिमित बनेको छ । चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि काठमाडौँ गोल अन्तरमा पछि पर्यो ।

अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा एलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन् ।