१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा



अ+ अ-

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएका हुन् ।

मंगलबार कमलादीबाट बरामद भएको भनिएको सुनजस्तै देखिने वस्तु परीक्षण गर्दा साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको पुष्टि भएको थियो । त्यसबखत दुई थान पेस्तोलसमेत बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर, सो सामान बोकेर आएको स्कार्पियो भने चेकजाँच छल्दै सामान फ्याँकेर भागेको थियो ।

‘अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो, त्यसको अनुसन्धान हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले भने ।

समितिमा महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको भन्दै प्रहरीको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार सो प्रकरणमा प्रहरीले देखाएको गाडी नम्बरसमेत गलत छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले मंगलबार भेटिएको सुन जस्तै देखिने पदार्थमा आधा किलो मात्र सक्कली सुन भएको र बाँकी चाँदी रहेको भन्दै पत्रकारसम्मेलन गरेका थिए । उनले सो सामान बोकेर आएको गाडी प्रहरी देख्नेबित्तिकै झोला फ्याँकेर भागेको भनेका थिए ।

काठमाडौं प्रहरीले सो गाडी भागेपछि समेत आफ्नो निकायमा जानकारी नगराएको र भाग्ने गाडीको जाँचबुझमा समेत आलटाल गरेको पाइएको प्रहरी अधिकृतहरू नै बताउँछन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।