१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा
अ अ+ अ-

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएका हुन् ।

मंगलबार कमलादीबाट बरामद भएको भनिएको सुनजस्तै देखिने वस्तु परीक्षण गर्दा साढे १४ किलो चाँदी र आधा किलो सुन रहेको पुष्टि भएको थियो । त्यसबखत दुई थान पेस्तोलसमेत बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर, सो सामान बोकेर आएको स्कार्पियो भने चेकजाँच छल्दै सामान फ्याँकेर भागेको थियो ।

‘अपराधीले सामान फ्याँकेर आफू बच्नका लागि भागेको देखियो । सामान समात्न सकियो, गाडी र मान्छे समात्न सकिएन । कहाँ र कसरी कमजोरी भयो, त्यसको अनुसन्धान हुन्छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी पोखरेलले भने ।

समितिमा महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसीलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

काठमाडौं प्रहरीको लापरबाहीले १४ किलो चाँदी र आधा किलो सुन बोकेको गाडीका साथै अभियुक्त भाग्न सफल भएको भन्दै प्रहरीको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार सो प्रकरणमा प्रहरीले देखाएको गाडी नम्बरसमेत गलत छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले मंगलबार भेटिएको सुन जस्तै देखिने पदार्थमा आधा किलो मात्र सक्कली सुन भएको र बाँकी चाँदी रहेको भन्दै पत्रकारसम्मेलन गरेका थिए । उनले सो सामान बोकेर आएको गाडी प्रहरी देख्नेबित्तिकै झोला फ्याँकेर भागेको भनेका थिए ।

काठमाडौं प्रहरीले सो गाडी भागेपछि समेत आफ्नो निकायमा जानकारी नगराएको र भाग्ने गाडीको जाँचबुझमा समेत आलटाल गरेको पाइएको प्रहरी अधिकृतहरू नै बताउँछन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।