२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको पर्यटकीयस्थल गिडिदहलाई प्रवर्द्धन गरिँदै



अ+ अ-

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । तालोपानी गाउँपालिकाले आफ्नो पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरी बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाईंले पर्यटकीय हिसाबले सम्भावित स्थानहरूको पहिचान गरी भ्रमण वर्ष कार्यक्रम सफल एवं उपलब्धिमूलक बनाउने कार्यक्रम सफल बनाउन स्थानीयवासीसँग अनुरोध गर्नुभयो । उहाँले गिडिदहमा आर्थिक गतिविधिलाई चलायमान बनाउने, संस्कृतिको संरक्षण गर्नेलगायतका कार्यक्रमसहित पर्यावरणीय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

वडा नंं ४ का वडाअध्यक्ष अमरबहादुर रोकायाले सरोकार भएका सबै पक्षको सहभागितामा भ्रमण वर्ष कार्यक्रम घोषणा गरिएकाले अपेक्षित लक्ष्य हासिल गर्न सबैको साथ सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभयो । गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि अहिले पदमार्ग, पुल र धर्मशालालगायतका भौतिक संरचना निर्माणको काम भइरहेको वडाअध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

वडा कार्यालयको हाँकु त्रिवेणीदेखि फूलचउल्यासम्मको १३ किलोमिटर बाटोको डिपिआर निर्माण भइसकेको पालिकाले जनाएको छ । गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा रु एक करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो । रासस