१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड

आतंक मच्चाउने ‘नङ्ग्रा’ कहाँ हराई ?

आतंक मच्चाउने ‘नङ्ग्रा’ कहाँ हराई ?
अ अ+ अ-

चितवन । वन्यजन्तुका विशेषता बुझेकाहरू बाघलाई लजालु जनावर भन्छन् । तर, संकटमा परेपछि बाघजति हिंस्रक अरू हुँदैनन् । चितवनको ‘नङ्ग्रा’ भनिने पोथी बाघ यसैको उदाहरण हो । त्यो बघिनीले आफ्नो जीवनमा १९ जना मानिसको ज्यान लियो । अहिले यो बाघ देखा पर्न छाडेको छ ।

नङ्ग्रा पोथी नदेखिँदा चितवन निकुञ्ज आसपासमा बाघको आक्रमणबाट ज्यान जाने क्रम पनि ह्वात्तै घटेको छ । ‘संकटमा परेका बाघको व्यवस्थापन बेलैमा हुने हो भने मान्छेसँग सम्बन्धित दुर्घटना कम हुन्छन्,’ सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० का अनुसन्धान अधिकृत बाबुराम लामिछानेले भने । उनले नङ्ग्राले सन् २००७ देखि २०१६ सम्म मानिस र घरपालुवा जनावरमाथि गरेको आक्रमणका विषयमा अनुसन्धान गरेका थिए ।

उनको समूहमा चितवन निकुञ्जका तत्कालीन पशु चिकित्सक डा। कमल गैरेलगायत १२ जना थिए । अध्ययन अवधिमा बाघका कारण ४० जनाको ज्यान गएको थियो । ‘त्यसमा १९ जनालाई यो नङ्ग्रा पोथीले मारेको छ,’ अनुसन्धान अधिकृत लामिछानेले भने ।

नङ्ग्रा पोथी यही कालाबन्जर मध्यवर्ती क्षेत्र आडको वनमा विचरण गर्थ्यो । निकुञ्जका जनावरले समस्या ल्याए समाधानका लागि पहल गर्नु मध्यवर्तीको उद्देश्य हो । त्यसैले नङ्ग्रा पोथी जहाँ–जहाँ हिँड्छ, त्यो क्षेत्रमा स्वचालित क्यामेरा राखेर अनुगमन सुरु भयो ।

निकुञ्ज कालाबन्जर मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष रेविजंग गुरुङले एनटीएनसीलगायतका संस्थाले यसमा सहयोग गरेको बताए । ‘दुई वर्षयता त्यो बघिनी न क्यामेरामा क्याप्चर भएको छ न पाइला नै भेटिएको छ,’ गुरुङले भने । धेरैलाई लाग्छ, यो बघिनी मर्‍यो । त्यसको उमेर १५ वर्ष पुग्दै थियो । त्यसैले मर्न पनि सक्ने सम्भावना हुने लामिछाने बताउँछन् । ‘मृत भेटिएको पनि छैन । क्यामेरामा क्याप्चर पनि भएको छैन । पाइला पनि छैन । अन्यत्र सरेको पनि हुन सक्छ । उमेर भएको थियो, मर्न पनि सक्छ,’ उनले भने ।

नङ्ग्रा पोथी सन् २००४ तिर जन्मेको अनुमान छ । त्यसको पछाडिको देब्रे खुट्टाको एउटा नङ्ग्रा अलि बाँगिएको थियो । त्यसैले यसको नाम नै नङ्ग्रा पोथी रह्यो । त्यो जहाँ पुग्थ्यो, आफ्नो फरक पाइलाको निसान छाड्थ्यो । निसानका आधारमा यो बाघले सन् २००८ देखि मानिस मार्न थालेको पत्ता लागेको थियो । पश्चिम चितवनको नारायणी नदी क्षेत्रको १७ किलोमिटर वन क्षेत्रमा यो बाघ डुल्ने गर्थ्यो । ‘यो बघिनी बस्तीमा कहिल्यै आएन । जंगलमा मान्छेसँग जम्काभेट हुँदा मार्ने गर्‍यो,’ पूर्वअध्यक्ष गुरुङले भने ।

बूढो बाघले मान्छे मार्ने खतरा भए पनि सन् २०१६ पछि यो बघिनीले आक्रमण गरेको देखिँदैन । सन् २००७ देखि ०१६ सम्म चितवन निकुञ्ज आसपासमा बाघका कारण ४० जनाको मृत्यु हुँदा बाघको संख्या १ सय २० थियो । मानिसमाथि आक्रमण गरेर ज्यानै लिने बाघहरू जम्मा ७ वटा थिए । हिंस्रक नङ्ग्रा बघिनी ओझेल पर्न थालेसँगै बाघका कारण मानिसको मृत्यु भएका घटना निकै कम आउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत आर्थिक वर्षमा बाघका कारण कसैको ज्यान गएन । त्यसअघि दुई जनाको मात्रै निधन भएको थियो । अनुसन्धानकर्ता लामिछानेका अनुसार सन् २०१६ यता बाघले आक्रमण गर्दा चार जनाको मात्रै ज्यान गएको छ ।, समाचार कान्तिपुरमा प्रकाशित छ ।