१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन आयात ५ वर्षयताकै न्यून



अ+ अ-

काठमाडौं । कोराना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी र अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा गत आर्थिक वर्ष २०७६र७७ मा यसको आयातमा अत्यधिक मात्रामा घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा पछिल्लो ५ वर्षयताकै सुन आयातमा कमी भएको छ । गत आवमा रू। १३ अर्ब ४६ करोड ४ लाख बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आवको भन्दा ६१ दशमलव ११ प्रतिशतले कमी हो । यो पछिल्लो ५ वर्षयताकै कम आयात हो । अघिल्लो आव २०७५र७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो ।

आव २०७२र७३ मा १६ अर्ब ७ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यसपछिका आर्थिक वर्षमा सुनको आयात बढ्दै गएको थियो । तर, मूल्य बढ्दा र बन्दाबन्दीका कारण गत आवमा भने आव २०७२र७३ को भन्दा पनि कम सुन आयात भएको छ ।

सामान्य अवस्थामा नेपालमा वार्षिक ३० अर्बभन्दा बढीको सुन आयात हुन थालेको थियो । तर, यसपटक सुन आयातमा निकै कमी आएको छ ।

परिमाणका आधारमा गत आवमा सुनको आयात ६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ७ हजार ४९२ केजी सुन आयात भएकोमा गत आवमा १ हजार ४०० केजी सुन आयात भएको छ ।

नेपालमा बन्दाबन्दी भएपछि अर्थात् चैतयता त सुनको आयात नै गरिएको छैन । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले चैतदेखि यता सुनको आयात नगरिएको बताए । हाल बैंकहरूसँग फागुन अघि नै आयात गरिएको ३३० केजी सुन स्टकमा छ । त्यसमार्फत नै बजारको माग व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ ।

‘मूल्य बढ्दा सुनको कारोबार नभएपछि व्यवसायीले सुन किन्ने गरेका छैनन् । दिनमा मुश्किलले १ केजी सुन मात्र उठ्ने गरेको छ,’ उनले भने, ‘त्यसकारण बाँकी सुन विक्री नभएसम्म सुन थप आयात गर्दैनौं ।’

सुनको मूल्य नयाँ उचाइमा
२०७६ असारमा सुनको मूल्य प्रतितोला ६० हजारको हारहारीमा थियो । तर, अहिले यसको मूल्य १ लाख रुपैयाँनजीक पुगेको छ । सुनको मूल्य आकाशिँदै जाँदा घरेलु बजारमा सुनको कारोबारमा अत्यन्त कमी आएको हो । व्यवसायीहरूले नै बैंकहरूलाई सुन आयात नगर्न सुझाएका थिए । फलस्वरूप सुनको आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘मूल्य बढेपछि गत आर्थिक वर्षभरि नै सुनको कारोबार प्रभावित भयो । यसले गत आवमा सुनको आयात राम्रो भएन,’ उनले भने, ‘त्यसमाथि गत चैतदेखि कोरोना भाइरस नियन्त्रण गर्न बन्दाबन्दी लगाइयो । त्यसले व्यवसायसँगै सुन आयातमा थप असर गर्‍यो ।’

चालू आवमा सुन आयातमा अझै कमी आउने बताइएको छ । सरकारले नै सुन आयातको दैनिक कोटा घटाएर १० केजीमा झारेको छ । कोरोना भाइरसले यो उब्जाएको अवस्था कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन । त्यसैले चालू आवमा पनि सुन आयात घट्ने महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् ।, समाचार आर्थिक अभियानमा प्काशित छ ।