१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड

सुन आयात ५ वर्षयताकै न्यून

सुन आयात ५ वर्षयताकै न्यून
अ अ+ अ-

काठमाडौं । कोराना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी र अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा गत आर्थिक वर्ष २०७६र७७ मा यसको आयातमा अत्यधिक मात्रामा घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा पछिल्लो ५ वर्षयताकै सुन आयातमा कमी भएको छ । गत आवमा रू। १३ अर्ब ४६ करोड ४ लाख बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आवको भन्दा ६१ दशमलव ११ प्रतिशतले कमी हो । यो पछिल्लो ५ वर्षयताकै कम आयात हो । अघिल्लो आव २०७५र७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो ।

आव २०७२र७३ मा १६ अर्ब ७ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यसपछिका आर्थिक वर्षमा सुनको आयात बढ्दै गएको थियो । तर, मूल्य बढ्दा र बन्दाबन्दीका कारण गत आवमा भने आव २०७२र७३ को भन्दा पनि कम सुन आयात भएको छ ।

सामान्य अवस्थामा नेपालमा वार्षिक ३० अर्बभन्दा बढीको सुन आयात हुन थालेको थियो । तर, यसपटक सुन आयातमा निकै कमी आएको छ ।

परिमाणका आधारमा गत आवमा सुनको आयात ६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ७ हजार ४९२ केजी सुन आयात भएकोमा गत आवमा १ हजार ४०० केजी सुन आयात भएको छ ।

नेपालमा बन्दाबन्दी भएपछि अर्थात् चैतयता त सुनको आयात नै गरिएको छैन । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले चैतदेखि यता सुनको आयात नगरिएको बताए । हाल बैंकहरूसँग फागुन अघि नै आयात गरिएको ३३० केजी सुन स्टकमा छ । त्यसमार्फत नै बजारको माग व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ ।

‘मूल्य बढ्दा सुनको कारोबार नभएपछि व्यवसायीले सुन किन्ने गरेका छैनन् । दिनमा मुश्किलले १ केजी सुन मात्र उठ्ने गरेको छ,’ उनले भने, ‘त्यसकारण बाँकी सुन विक्री नभएसम्म सुन थप आयात गर्दैनौं ।’

सुनको मूल्य नयाँ उचाइमा
२०७६ असारमा सुनको मूल्य प्रतितोला ६० हजारको हारहारीमा थियो । तर, अहिले यसको मूल्य १ लाख रुपैयाँनजीक पुगेको छ । सुनको मूल्य आकाशिँदै जाँदा घरेलु बजारमा सुनको कारोबारमा अत्यन्त कमी आएको हो । व्यवसायीहरूले नै बैंकहरूलाई सुन आयात नगर्न सुझाएका थिए । फलस्वरूप सुनको आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘मूल्य बढेपछि गत आर्थिक वर्षभरि नै सुनको कारोबार प्रभावित भयो । यसले गत आवमा सुनको आयात राम्रो भएन,’ उनले भने, ‘त्यसमाथि गत चैतदेखि कोरोना भाइरस नियन्त्रण गर्न बन्दाबन्दी लगाइयो । त्यसले व्यवसायसँगै सुन आयातमा थप असर गर्‍यो ।’

चालू आवमा सुन आयातमा अझै कमी आउने बताइएको छ । सरकारले नै सुन आयातको दैनिक कोटा घटाएर १० केजीमा झारेको छ । कोरोना भाइरसले यो उब्जाएको अवस्था कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन । त्यसैले चालू आवमा पनि सुन आयात घट्ने महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् ।, समाचार आर्थिक अभियानमा प्काशित छ ।