१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज साउन १५, ग्यासमा होइन आगोमा पकाएको खीर खानुस्



अ+ अ-

काठमाडौं । साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा। अञ्जु कार्की भन्छिन्, “खीर धेरैको प्रिय भोजन हो । यसको सांस्कृतिक र औषधिजन्य महìव छ ।” खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ । गोठ धुुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।

डा। कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुुणका छन् । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । “खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,” डा। कार्की भन्छिन् । 

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा। कार्कीको भनाइ छ ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साउने झरीमा खीर भोजनको आफ्नै महìव रहेको वैद्यराज बताउँछन् । फिजिसियन जेनर लामा भन्छन्, “वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खीर उत्तम भोजन हो ।”

उहाँका अनुसार चामल, दूध, नरिवल, छोकडा, चिनी हालेर खीर बनाउने चलन छ । लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा। सत्यमोहन जोशी बताउछन् । उनका अनुसार नेपालमा मात्रै नभएर भारतमा पनि साउनमा खीर खाएमा शुभ हुने मान्यता छ । “साउनमा मासु खानुु उपयुुक्त हुुँदैन, पहिले दूधको परिकार खानुपर्छ,” संस्कृतिविद् जोशीको भनाइ छ । हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ । खीर पकाउनका लागि दूध राम्रोसँग उमाल्नुपर्छ । दूध बाक्लिएपछि चिनी, मसला हाल्ने अनि सग्लो चामलको दानालाई भैँसीको घ्यूमा मोलेर दूधमा मिसाउनुपर्छ । मलमलको कपडाले छोपेर आगोको रापमा होइन, आँचमा पकाउँदा राम्रो हुन्छ । ग्यासको रापभन्दा दाउराको आगोको आँचमा पकाउँदा खीर स्वादिष्ट हुन्छ ।

उता लामो समयदेखि पाक्दै आएको खीर पशुपतिमा पाक्न छोडेको छ । तत्कालीन राजा रणबहादुर शाहको मृत्युपछि उनको जय मनाउँदै प्रत्येक साउनको सप्तमी तिथिका दिन ३० पाथी गाईको दूधमा १२ पाथी चामलबाट तयार गरिनुपर्ने खीर पाक्न छोडेको निकै वर्ष भइसकेको छ ।, समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।